Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल हिल्स वसन्तपुरमा रक्तदान,११३ युनिट संकलन

बुटवल हिल्स वसन्तपुरमा रक्तदान,११३ युनिट संकलन

  • 4.7K
    SHARES

  • बुटवल हिल्स  वसन्तपुरमा रक्तदान,११३ युनिट संकलन

    बुटवल, साउन २० ।

    बुटवल हिल्स पाल्पाको बसन्तपूरमा रक्तदान कार्यक्रम भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही र बुटवल हिल्स लुम्बिनी केबलकार लिमिटेडको आयोजनामा शनिबार वृहत रक्तदान गरिएको छ ।

    केबलकारको टप स्टेसन तिनाउ गाउँपालिका ३ वसन्तपुरस्थित कामाख्या देविको मन्दिर परिसरमा पर्यटन क्षेत्रसंग सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यसहित रक्तदान गरिएको हो ।

    नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रमको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर श्रेष्ठले ब्लड ब्याग हस्तान्तरण गरी उदघाटन गर्दै रक्तदानप्रति रहेको नकारात्मक सोचलाई चिर्न युवा समूहले योगदान दिएको बताए ।

    रगत अभावमा रहेका परिवारलाई राहत दिने गरी चलाईएको अभियान उदाहरणीय भएको उनले बताए । रगत पाउन धेरै कठिनाई भएको बेला युवाहरु सामाजिक कार्यमा नमुना र उदाहरणीय योगदान गर्दै आएको बताए । पर्यटन क्षेत्रको विकासमा गाउँपालिका सधै सकारात्मक भएको उनले बताए ।

    कार्यक्रममा सभासद खड्ग बस्नेत, गापाका सदस्य लाल बहादुर थापा, सामुदायिक वन उपभोक्ता समिति चुरेका अध्यक्ष कमल केसी, बुटवल हिल्सका संचालक तेजकुमार सुनार, रिषिराम भण्डारी, केवलकारका ईन्जिनियर शनि चौरासिया, पुर्व प्रदेश सभा सदस्य दधिराम न्यौपाने, समाजका सदस्य जानकी नेपालले पुण्य काम पुण्य स्थानमा भएको बताए ।

    कार्यक्रममा समाज रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले नियमित रक्तदानको महत्व र युवा सहभागिताबारे जानकारी दिए ।kamakya mandir blood.jpg

    बुटवल हिल्सका संचालक तेजकुमार सुनारले लुम्बिनीको पर्यटनमा केवलकार संचालनबाट नया आयाम थपिएको बताए । सिमा नाका हुँदै भित्रिने पर्यटकहरुलाई भुलाउने गन्तव्यका रुपमा बसन्तपुरमा निर्माण भएको धार्मिक महत्वको माता कामाख्या देविको मन्दिरसहित पूर्वाधार निर्माण भएको उनले बताए ।

    कार्यक्रममा १ सय १३ युनिट रगत संकलन भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology