Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल प्रेस युनियन रुपन्देहीमा नेपाल,भुसाल र खड्का सल्लाहकार चयन

नेपाल प्रेस युनियन रुपन्देहीमा नेपाल,भुसाल र खड्का सल्लाहकार चयन

  • 1.5K
    SHARES

  • नेपाल प्रेस युनियन रुपन्देहीमा नेपाल,भुसाल र खड्का सल्लाहकार चयन

    बुटवल,साउन १९।

    नेपाल प्रेस युनियन रुपन्देहीले तीन सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । युनियन रुपन्देहीको शुक्रबार बुटवलमा बसेको कार्यसमितिको बैठकले युनियन रुपन्देहीका संस्थापक माधव नेपाल, निवर्तमान अध्यक्ष रेखा भुसाल र पूर्व अध्यक्ष विक्रम खड्कालाई सल्लाहकार चयन गरेको हो ।

    युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको अध्यक्षतामा बसेको बैठकले सचिवालय पनि गठन गरेको छ । सचिवालयको संयोजकमा अध्यक्ष नेपाल तथा सदस्यहरुमा पदाधिकारी रहनेगरी ९ सदस्यीय सचिवालय गठन गरिएको सचिव कपिल ज्ञवालीले जानकारी गराउनु भयो ।

    त्यसैगरी सञ्चारगृह र पत्रकार विचको अन्तरसम्बन्धका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरिएको छ । त्यसको लागि मिति तय गर्न सचिवालयलाई जिम्मेवारी प्रदान गरिएको सचिव ज्ञवालीले बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology