Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विद्यालय शिक्षा ऐन : ५ वर्षभित्रमा निजी स्कुल शैक्षिक गुठीमा रूपान्तरण हुनुपर्ने

विद्यालय शिक्षा ऐन : ५ वर्षभित्रमा निजी स्कुल शैक्षिक गुठीमा रूपान्तरण हुनुपर्ने

  • 3.0K
    SHARES

  • विद्यालय शिक्षा ऐन : ५ वर्षभित्रमा निजी स्कुल शैक्षिक गुठीमा रूपान्तरण हुनुपर्ने

    काठमाडौं,साउन १९ ।

    प्रस्तावित ‘विद्यालय शिक्षा ऐन, २०८०’ ले निजी विद्यालयहरूले पाँच वर्षभित्रमा शैक्षिक गुठीको रूपमा सञ्चालन गर्नुपर्ने बताएको छ । मंगलबार मन्त्रिपरिषद्बाट पारित भएर संसदमा पेश हुन लागेको उक्त विधेयकको मस्यौदामा ५ वर्षभित्रमा निजी विद्यालयहरू शैक्षिक गुठीको रूपमा परिणत हुनुपर्ने भनेको हो ।

    ‘ऐन प्रारम्भ हुँदाका बखत प्रचलित कम्पनी कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालय ऐन प्रारम्भ भएको मितिले ५ वर्षभित्र शैक्षिक गुठीको रूपमा रूपान्तरण गरी सञ्चालन गर्नुपर्नेछ’ मस्यौदामा उल्लेख गरिएको छ ।

    त्यसरी सञ्चालित शैक्षिक गुठीको रूपमा रूपान्तरण गर्नुअघि संस्थागत विद्यालयले दायित्व फरफारक गर्नुपर्नेछ ।ऐन प्रारम्भ भएपछि निजी लगानीको विद्यालय शैक्षिक गुठी अन्तर्गत स्थापना र सञ्चालन हुन पनि सक्नेछन् । सामाजिक, धार्मिक वा कल्याणकारी संस्थाले मुनाफा नलिने उद्देश्य राखी विद्यालय सञ्चालन गर्न चाहेमा भने स्थानीय तहमा दर्ता गरी सार्वजनिक शैक्षिक गुठी अन्तर्गत विद्यालय स्थापना र सञ्चालन गर्नुपर्नेछ ।

    निजी गुठीको रूपमा सञ्चालित विद्यालय सार्वजनिक शैक्षिक गुठीको रूपमा रूपान्तरण गरी सञ्चालन गर्नुपर्नेछ ।त्यसरी सार्वजनिक शैक्षिक गुठीमा रूपान्तरण हुने विद्यालयलाई प्रोत्साहन गर्न आवश्यक छुट तथा सुविधा दिन सकिनेछ ।edu.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology