Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी सञ्चालन

‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी सञ्चालन

  • 2.7K
    SHARES

  • ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी सञ्चालन

    बुटवल,साउन १६।

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्ने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको लागि ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी सञ्चालन गरिरहेको र त्यस अन्तरगत १ हजार विरुवा रोपिने शाईन रेसुङ्गा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी गराउनु भयो ।

    गत वर्ष बैंकको १४ औं वार्षिकोत्सव पारेर बैंकले १४ हजार विरुवा रोएिको थियो । यो वर्ष बैंक १५ औं वर्षमा यात्रा गरेकाले देशभरका ११ वटा क्लष्टर मार्फत एक हजार विरुवा रोपेर १५ हजार पु¥याउने कार्यक्रम तय भएको उहाँले जानकारी गराउनु भयो ।

    ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट’ अन्तर्गत शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि मिड सेन्ट्रल सब क्लस्टर मंगलापुरले तिलोत्तमाको गौतमबुद्ध माबि केवलानीमा बृक्षारोपण गरेको छ । बैंकले विद्यालय परिसरमा स्वामी, धुपी, गुल्मोहर, अशोका, कल्की प्रजातिका ८० बढी बिरुवाहरु रोपेको कलस्टर हेड विष्णु थापाले जानकारी गराउनु भयो ।

    शाइन रेसुंगा डेभलपमेन्ट बैंक बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो । ५ अर्ब अधिकृत पुंजी र ४ अर्ब २८ करोड चुक्ता पुंजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा छन् ।

    बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो।shine-resunga-bank-plantation.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology