Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन हुँदै,५ सय जना सहभागि हुने

बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन हुँदै,५ सय जना सहभागि हुने

  • 2.8K
    SHARES

  • बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन हुँदै,५ सय जना सहभागि हुने

    बुटवल,साउन १५ ।

    बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन हुने भएको छ । धर्म र जीवनसँग जोडिएका विषयमा पण्डित र ज्योतिषलाई यथेष्ट जानकारी गराउने उद्देश्यसहित साउन १९ र २० गते सम्मेलन हुन लागेको हो ।

    विश्व ज्योतिषी महासंघ लुम्बिनी प्रदेशले आयोजना गरेको सम्मेलनमा नेपाल र भारतका गरी ५०० जनाभन्दा बढीको सहभागिता रहने छ । 

    सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघका लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन न्यौपानेले सनातन धर्म पद्धतिअनुसार आशौच परिचय र निर्णयहरू बुझ्न र व्यावहारिक रूपमा कार्यान्वयन गर्न सम्मेलन महत्त्वपूर्णसावित हुने बताए ।

    सम्मेलनमा तीनवटा कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलनको पहिलो दिन धर्मशास्त्र विशेषज्ञ प्राडा.देवमणि भट्टराईले अशौच परिचय र निर्णयहरू विषयक कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

    दोस्रो दिन ज्योतिष शास्त्रमा वैदेशिक यात्राका विषयमा उपप्राध्यापक लक्ष्मीप्रसाद बराल, प्रशिक्षण वास्तु तथा जीवनमा डा.माधवमंगल जोशीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । ‘बढ्दो वैदेशिक यात्रामा ज्योतिषीय योगहरूको प्रभावका विषयमा सम्मेलनमा विशेष छलफल हुनेछ,’ न्यौपानेले भने, ‘वास्तुसम्बन्धी व्यावहारिक एवं सैद्धान्तिक पक्षको ज्ञान आर्जन गर्न पनि सहयोग पुग्नेछ ।’vastu sammelan.jpg

    सम्मेलनमा धर्म, अध्यात्म, कर्मकाण्ड, ज्योतिष विद्या, योग, तन्त्र, साधना, वास्तु विज्ञ, निर्माण व्यवसायी, व्यापारी, एवं वास्तु विषयसँग रुचि राख्ने र तत्सम्बन्धी काम गर्दै आएका व्यक्तिहरू सहभागी हुने कार्यक्रम संयोजक सुन्दर भण्डारीले जानकारी दिए । 

    देखिएका समस्या समाधान गर्न सम्मेलन गर्न लागिएको महासंघका उपाध्यक्ष चेेतनारायण सुवेदीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology