Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रतिनिधिसभा बैठक : आज टोपबहादुर रायमाझीको पद निलम्बन गरिने

प्रतिनिधिसभा बैठक : आज टोपबहादुर रायमाझीको पद निलम्बन गरिने

  • 1.1K
    SHARES

  • प्रतिनिधिसभा बैठक : आज टोपबहादुर रायमाझीको पद निलम्बन गरिने

    काठमाडौं,साउन १५।

    संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा  बैठक दिउँसो १ बजे बोलाइएको छ ।

    संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । 

    यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ ।

    साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभावाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय बिद्येयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology