पोखरा,भदौ १९।
कोरोना भाइरस [कोभिड-१९] संक्रमणबाट पोखरामा एक युवकको मृत्यु भएको छ।
पोखरामा बिहीबार साढे ५ बजे ३७ वर्षीय पुरुषको मृत्यु भएको हो। संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथबाट बिहीबार रेफर भएर आएका ती पुरुषको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो।
अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार उनको आइसीयूमा उपचारका क्रममा मृत्यु भएको हो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)