Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोशी प्रदेशमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

कोशी प्रदेशमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

  • 3.9K
    SHARES

  • कोशी प्रदेशमा सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

    विराटनगर,साउन १२ ।

    प्रदेश प्रमुखको कार्यालयले कोशी प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेको छ ।  प्रदेश प्रमुख परशुराम खापुङले आज (शुक्रबार) सूचना प्रकाशन गरी साउन १६ गते अपराह्न ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन हुने गरी दाबी पेश गर्न आह्वान गरेको हो ।

    सर्वोच्च अदालतले बिहीबार कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेश बमोजिम प्रदेश प्रमुखको कार्यालयले सरकार गठनका लागि औपचारिक आह्वान गरेको सूचनामा उल्लेख छ ।

    सूचनामा सर्वोच्चको पूर्ण इजलासबाट भएको आदेश बमोजिम जुन विन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो सोही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउन मनासिव हुने देखिएको साउन १६ गते मङ्गलबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेश गर्न आह्वान गरिएको हो ।

    koshi-Prades.png

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology