Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नाडालाई महासंघ बनाउन देशभर सुझाव संकलन गरिँदै

नाडालाई महासंघ बनाउन देशभर सुझाव संकलन गरिँदै

  • 1.9K
    SHARES

  • नाडालाई महासंघ बनाउन देशभर सुझाव संकलन गरिँदै

    बुटवल,साउन ११।

    अटोमोबाईल्स एशोसिएशन अफ नेपाल (नाडा) लाई महासंघको स्वरुपमा लगेर बलियो बनाउने गरि सुझाव संकलन शुरु भएको छ ।

    नेपाल अटोमोबाईल्स एशोसिएशन अफ नेपालका केन्द्रीय केन्द्रीय अध्यक्ष ध्रुव बहादुर थापासहितको केन्द्रीय टिम विशेष अभियान लिएर देश दौडाहामा हिडेका छन । सबै अटोमोबाईल्स ब्यवसायीहरुलाई संगठित गर्ने र समेट्ने लक्ष्यसहित आफुहरु लागेको अध्यक्ष थापाले नागरिक अनलाइनलाई बताए ।

    बुधबार रुपन्देहीमा नाडा अटोमोबाईल्स एशोसियशन अफ नेपाल र लुम्बिनी अटोमोबाईल्स एशोसिएशन अफ नेपालको संयुक्त अन्तरक्रिया कार्यक्रममा उनले अटोमोबाईल ब्यवसायीहरुको हकहितमा काम गर्ने एकमात्र संस्था भएको दाबी गरे । सरकारबाट ल्याएको नीति, लेभलिङका विषय र यसको प्रभाव बुझ्ने लक्ष्य रहेको उनले बताए। ब्यवसायीहरु एकजुट हुन नसके कमजोर हुने दाबी गर्दै उनले विधानमा नाडा महासंघको स्वरुपमा लैजाने, प्रदेश संरचनाभित्र जिल्ला समेट्न विषयमा छलफल गरिएको बताए ।

    कार्यक्रममा केन्द्रीय उपाध्यक्ष राजनबाबु श्रेष्ठ, निराकर श्रेष्ठ, केन्द्रीय महासचिव सुरेन्द्र कुमार उप्रेतीले केन्द्रस्तरबाट विधान संशोधन गर्नेभन्दा पनि जिल्ला र प्रदेश तहबाट नै सुझाव संकलन गरि संशोधन गर्ने गरि आफुहरु लागेको बताए ।

    रुपन्देहीमा एउटै ब्यवसायमा आवद्धहरु दुई संस्थामार्फत अघि बढेको बेला मिलाएर जानुपर्ने उनीहरुको सुझाव दिए । अडानका उपाध्यक्ष पुरन ज्ञवालीले चार पाग्रे सवारी कारोबारमा आवद्धहरु संगठित भएर अडान गठन गरेको बताए। भन्सार, सरकारको करनिति जस्ता समस्याहरु देखिएको र यसलाई समाधानमा जोडदिनुपर्ने सुझाव दिए । चारपाग्रे सवारी बिक्रेता डिलरलाई समेटेर २७ जना रहेको उनले बताए ।

    यसैगरि महासचिव देबेन्द्र पौडेलले अडान गठन गरिरहदा आफुहरु नाडाको पहिलेबाट नै सदस्य रहेको बताए । नाडा लुम्बिनीका अध्यक्ष गणेश भट्टराईले आफ्नो कार्यकालमा ब्यवसायिक हकहितसंगै सामाजिक गतिविधि गर्न सफल भएको बताए । भिसिटिएस तालिम, ब्यवसायीहरुलाई कर तालिम गर्दै आएको उनले बताए ।

    प्रदेश संरचना रहेका ब्यवसायिहरुलाई प्रदेश अन्तरगत सदस्यता लिने ब्यवस्था गर्नुपर्ने लुम्बिनी नाडाका महासचिव रोशन पाण्डेले सुझाव दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology