Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीको तिलोत्तमा : अबदेखि शुक्रवार स्कुल जाँदा किताब लैजानुनपर्ने

रुपन्देहीको तिलोत्तमा : अबदेखि शुक्रवार स्कुल जाँदा किताब लैजानुनपर्ने

  • 4.5K
    SHARES

  • रुपन्देहीको तिलोत्तमा : अबदेखि शुक्रवार स्कुल जाँदा किताब लैजानुनपर्ने

    बुटवल,साउन ११ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हप्ताको एक दिन पुस्तक बोक्नुनपर्ने भएको छ । अबदेखि हरेक शुक्रबार विद्यार्थीहरुले विद्यालय जाँदा पुस्तक बोक्नु नपर्ने भएको हो ।

    नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रत्येक शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम गर्ने भएकाले विद्यार्थीहरुले पाठ्यपुस्तक बोक्नु नपर्ने नीति लिइएको हो ।

    तिलोत्तमा नगरपालिकाले एक सूचना जारी शुक्रबारका दिन कला, योग शिक्षा, साहित्य, संगित, खेलकुद लगायतका सृजनात्मक कार्यहरु तथा इमान्दारिता, अनुशासन, सदाचारिता सम्बन्धि व्यवहारिक शिक्षा प्रदान गराउन आग्रह गरेको छ ।
    ‘प्रस्तुत विषयमा तिलोत्तमा नगरपालिकाको आव २०८० -८१ को लागि प्रस्तुत एवम् स्वीकृत गरीएको वार्षिक नीति तथा कार्यक्रममा पाठ्यपुस्तक रहित सिर्जनशील शुक्रवारलाई नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रत्येक शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम सञ्चालन गर्ने भनी उल्लेख भएको छ नगर प्रमुख नगर उपप्रमुख तथा विषयगत समितका संयोजकहरुको उपस्थितीमा नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुको बैठकबाट यो कार्यक्रमलाई उच्च प्राथमिकताका साथ अगाडी वढाउने निर्णय भएको छ ।lumbini saskritik napa.jpg
    सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले प्रत्येक शुक्रबारका दिन कला, योग शिक्षा, साहित्य, संगित, खेलकुद लगायतका सृजनात्मक कार्यहरु तथा इमान्दारिता, अनुशासन, सदाचारिता सम्बन्धि व्यवहारिक शिक्षा प्रदान गर्नु गराउनुहुन अनुरोध गरिएको नगरप्रमुख रामकृष्ण खाँणले जानकारी दिनुभयो ।

    यसअघि नगरपालिकाले विद्यालय क्षेत्र तथा सार्वजनिक स्थलको १ सय मिटर वरपर सुर्तीजन्य पदार्थको विक्री वितरण एवं सेवन रोक लगाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology