Logo बिहिवार, आश्विन १ गते २०८३
images

लालटीन कृषि सहकारीद्वारा प्याकेजिङ उद्योग शुभारम्भ 

लालटीन कृषि सहकारीद्वारा प्याकेजिङ उद्योग शुभारम्भ 

  • 12.0K
    SHARES

  • लालटीन कृषि सहकारीद्वारा प्याकेजिङ उद्योग शुभारम्भ 

    बुटवल,मंसिर २५ ।

    बुटवलमा सहकारी उपभोक्ता पसल सञ्चालन गरेको लालटीन कृषि सहकारी संस्थाले प्याकेजिङ उद्योग पनि शुरु गरेको छ  । विहिबार राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले लालटीन कृषि सहकारी प्याकेजिङ उद्योगको शुभारम्भ गरे ।

    उपभोक्ता पसलको अवलोकन तथा प्याकेजिङ उद्योगको शुभारम्भ पश्चात अध्यक्ष कंडेलले सहकारीलाई पारदर्शी र सरल बनाउन सुझाव दिए ।

    उनले नेपालमा सहकारी पसल सञ्चालन गर्नु आफैमा चुनौती रहेको बताउँदै लालटीनले छोटो अवधिमा पनि नाफा लैजान गरि काम गर्नु सकरात्मक भएको बताए । उनले यस्ता सहकारी पसलहरुले स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।mechine.jpg

    अध्यक्ष कंडेलले सरकारले समेत थोक उपभोक्ता सहकारीको अवधारणा अघि सारेकाले लुम्बिनीमा समेत त्यसको तयारीमा जुट्न सहकारीहरुलाई आग्रह गरे ।बुटवल ११ देविनगरमा सञ्चालित लालटिन उपभोक्ता पसललमा दैनिक उपभोग्य सामाग्रीसँगै स्वदेशमा उत्पादित कृषि उपजलाई प्राथमिकतामा राखेर विक्रि गर्ने व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष गंगालाल सापकोटाले बताए । 

    उनका अनुसार २ हजार शेयर सदस्य रहेको सहकारीले पसल र सहकारीको कारोबारमा ८ प्रतिशत लाभांश बितरण गरेको छ । सहकारीले गेडागुडी, दाल तथा अन्य कृषि उपजको अब आफ्नै उद्योगमा प्याकेजिङ शुरु गरेको सचिव राजु पौडेलले बताए ।

    राष्ट्रिय सहकारी महासंघका सञ्चालक भिम तुलाचन, लुम्बिनी विशिष्टिकृत सहकारी संघका अध्यक्ष डा खगराज शर्मा, नेफस्कूनका सञ्चालक सन्दीप सापकोटा, जनउत्थान सहकारीका अध्यक्ष ज्ञानु पौड्यालले समेत सहकारी पसल र उद्योगको अवलोकन गरेका थिए ।

    साे प्याकेजिङ युनिट लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अनुदान साझेदारीमा संचालनमा आएको हाे । 

    laltin sahakari.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology