Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नयाँ सदस्यताको निर्णय सच्याउन माग गर्दै प्रेस युनियन रूपन्देहीले बुझायो महासंघलाइ ज्ञापनपत्र

नयाँ सदस्यताको निर्णय सच्याउन माग गर्दै प्रेस युनियन रूपन्देहीले बुझायो महासंघलाइ ज्ञापनपत्र

  • 2.2K
    SHARES

  • नयाँ सदस्यताको निर्णय सच्याउन माग गर्दै प्रेस युनियन रूपन्देहीले बुझायो महासंघलाइ ज्ञापनपत्र

    बुटवल,साउन ९ ।

    नेपाल प्रेस युनियन रुपन्देहीले नेपाल पत्रकार महासंघ रुपन्देहीले गरेको सदस्यता वितरण सम्बन्धि निर्णय सच्याउन माग गरेको छ । पत्रकार महासंघले आफैले बनाएको सदस्यता वितरण सम्बन्धि मापदण्ड विपरित हुनेगरी निर्णय गरेको भन्दै विभेदकारी निर्णय सच्याउन माग गरिएको नेपाल प्रेस युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी गराउनु भयो ।

    नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार नेपाल पत्रकार महासंघ रुपन्देहीमा ज्ञापन पत्र बुझाउँदै उक्त निर्णय तत्काल सच्याउन माग गरेको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीको यहि साउन ६ र ७ गते बसेको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो ।

    ‘महासंघले गरेको निर्णयमा कतिपय मापदण्ड भित्र पर्नेलाई पनि सदस्यता दिईएको छैन भने कतिपय मापदण्ड भन्दा बाहिरका व्यक्तिलाई समेत सदस्यता दिएको छ, एउटै मिडिया हाउसमा समान पदमा काम गर्नेलाई पनि एउटालाई सदस्यता दिने अर्कालाई नदिने निर्णय भएको छ ।’ नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले भन्नुभयो–‘यस्तो विभेदकारी निर्णय नसच्याए प्रेस युनियन आन्दोलनमा उत्रिन बाध्य हुने छ ।’

    प्रेस युनियन रुपन्देहीका अध्यक्ष नेपालले कुनै पनि आस्था र विचारका आधारमा नभई मापदण्डका आधारमा सदस्यता दिईनु पर्ने बताउँदै सदस्यता वितरण गर्ने यो निर्णयले सदस्यता सुद्धिकरणलाई समेत गिज्याएको बताउनु भयो । ‘नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको साझा संस्था हो ।

    महासंघले लिने हरेक निर्णय सबैका लागि स्वीकार्य हुनुपर्दछ भन्ने हाम्रो प्रष्ट धारणा छ । तर महासंघले गरेका कतिपय निर्णयहरु आफैमा प्रश्न चिन्न खडा भएकाले त्यस्ता निर्णय सच्याउन नेपाल प्रेस युनियन रुपन्देही जोडदार माग गर्दछ ।’ ज्ञापन पत्रमा भनिएको छ ।fnj gyapan.jpg

    नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र लुम्बिनी प्रदेश समितिलाई बोधार्थ दिईएको उक्त ज्ञापन पत्रमा महासंघ रुपन्देहीले गरेको निर्णय विभेदकारी भएकोले सच्याउन र अन्यथा अन्यायपूर्ण निर्णयका विरुद्ध युनियन जस्तोसुकै कदम चाल्न पनि तयार रहेको जानकारी गराईएको छ ।

    ज्ञापन पत्र बुझ्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले महासंघले तयार गरेको मापदण्डमा रहेर सबैको छलफलबाट निर्णय गरिएको बताउँदै संगठनहरुले असमत्ति जनाएकाले फेरी छलफल गरेर एउटा निश्कर्षमा पुग्ने बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology