बुटवल,साउन ९ ।
बुटवलको तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ ।
बुटवल मजुवास्थित तिनाउ नदिको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल १४ कैलाशनगरका जनक घर्तीलाई नगर प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको हो ।
तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उदेश्य वा खोला हेर्ने उदेश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो। उहाँले नदीकिनारमा विपदको टोली र नगरप्रहरी खटाएर सावधानी अपनाईएको बताउनुभयो ।
नदिकिनार क्षेत्रमा नगरप्रहरीले माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)