Logo बिहिवार, आश्विन १ गते २०८३
images

विश्वका प्रभावशाली सय महिलाको सूचीमा परेकी सपनालाई बुटवलमा गोर्खालीको सम्मान (भिडियाे सहित)

विश्वका प्रभावशाली सय महिलाको सूचीमा परेकी सपनालाई बुटवलमा गोर्खालीको सम्मान (भिडियाे सहित)

  • 6.3K
    SHARES

  • विश्वका प्रभावशाली सय महिलाको सूचीमा परेकी सपनालाई बुटवलमा गोर्खालीको सम्मान (भिडियाे सहित)

    बुटवल मंसिर २४-

    बीबीसीको विश्वका प्रभावशाली सय महिलाको सूचीमा  पर्न सफल नेपाली चेली सपना रोका मगरलाई आज बुटवलमा सम्मान गरिएको छ । गोर्खाली युवा स–शक्तिकरण संस्थाले एक कार्यक्रमको आयोजना गरि सपनालाई सम्मान गरेको हो ।  

    पशुपति आर्यघाटमा बेवारिसे शवलाई दागबत्ती दिँदै आएकी सपनालाई बीबीसीले विश्वका प्रभावशाली महिलाको सुचीमा राखेको थियोे । बुटवलको चौराहा चोकबाट मोटरसाईकल र्यालीसहित एक कार्यक्रमको आयोजना गरि एक उहालाई प्रशंसा पत्र,खादा तथा मायाको चिनोले सम्मान गरिएको हो । लुम्बिनी प्रदेशका बन , बतावरण तथा पर्यटन मन्त्री लिला गिरीको प्रमुख आतिथ्यतामा  कार्यक्रमको आयोजना गरिएको हो ।

    कार्यक्रममा बोल्दै मन्त्री गिरीले युवाहरुलाई राजनीतिक दलले गलत प्रयोग गर्न सक्ने भएकाले सचेत बन्नको लागि आग्रह गर्नुभयो । देशमा युवा पंक्तिको नेतृत्वको आवश्यकता रहेको उँहाले बताउँदै युवाहरु सामाजिक कामसँगै राजनीतिमा पनि चासो राख्नुपर्नेमा जोड दिनुभयो ।

    बीबीसीले आफूहरुको आँखा खोलिदिएको भन्दै उहाले सपनाले विश्वमा नेपालको नाम चिनाउन सफल भएकोमा प्रसंशा समेत गर्नूभयो । सपना सबैको लागि सकारात्मक प्रेरणाकाश्रोत बनेको उहाले दाबी गर्नूभयो । 

    कार्यक्रममा बोल्दै सम्मानित सपना रोका मगरले युवालाई समाजसेवामा लाग्नको आग्रह गर्नुभयो । ‘जीवनमा हरेक मानिसको बिगत हुन्छ,दुख सुख हुन्छ तर लडेर म उठेकै कारण यहाँसम्म आउन सकेँ’ -सपनाको भनाइ छ ।

    अध्यक्ष भरत पुरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी नरिश्वर पौडेल,अभियान्ताहरु मुक्तिराज पौडेल,हरी क्षेत्री,समुन्द्र जिसी,भरतजं‌ग क्षेत्री,केशब खनाल,अर्जुन खरेल लगायतले बोलेका थिए  ।

    कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्याउनेहरुलाइ तथा गोर्खालीका संस्थापकहरुलाइ सम्मान गरिएको अध्यक्षा भरत पुरीले बताउनुभयो ।

    gorkhali.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology