बुटवल,साउन ६ ।
रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईको सरकारी गाडी शनिबार दुरूपयोग गरेको भेटिएको छ । शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकालले सरकारी गाडीको दुरुपयोग गरेका हुन् ।
उनले शनिबार पनि जिल्ला प्रशासन कार्यालयको अनुमती विना सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको भेटिएको छ ।शनिबार विहान बुटवलबाट केवलकार चढेर वसन्तपुर घुमेका उनले दिउँसो पाल्पाको नुवाकोटमा पुगेर दारु पार्टी गरेका छन् । उनले बा २ झ १०१० नम्बरको सरकारी गाडी लिएर घुमफिरमा निस्किएका हुन् ।
आफ्ना केही साथीहरु तथा नीजि विद्यालयका सञ्चालकलाई बोकेर नुवाकोट पुगेका उनले स्कुलको अनुगमनमा निस्किएको र खाजाखानका लागि नुवाकोट पुगेको प्रतिक्रिया दिए ।
शनिबारको दिन बुटवलका केही निजी विद्यालय निरीक्षण गरेको बताउने उनले यसअघि पनि पटक-पटक सरकारी गाडीको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कुनै पनि सरकारी गाडी शनीबार वा विदाको दिन प्रयोग गर्नुपरेका अनुमती जारी गर्नु पर्ने भए पनि साउन ६ गते शनिबारका लागि कुनैपनि पास वा अनुमती जारी नगरिएको स्पष्ट पारे ।
ढकाल अघिल्लाे शनिबार बिना पास नै बुटवल सुख्खानगरमा नीजि कन्सल्टेन्सी उद्घाटन कार्यक्रममा सरकारी गाडीसहित पुगेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)