Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘ भूतपूर्व सैनिकहरुले आन्दोलन चर्काएपछि सरकारले सामाजिक सुरक्षा भत्ताबारेको निर्णय सच्चायाे’

‘ भूतपूर्व सैनिकहरुले आन्दोलन चर्काएपछि सरकारले सामाजिक सुरक्षा भत्ताबारेको निर्णय सच्चायाे’

  • 4.9K
    SHARES

  • ‘ भूतपूर्व सैनिकहरुले आन्दोलन चर्काएपछि सरकारले सामाजिक सुरक्षा भत्ताबारेको निर्णय सच्चायाे’

    बुटवल,मंसिर २४ । 

    संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले सरकारले आफुहरुलाइ सामाजिक सुरक्षा भत्ताबाट बञ्चित गराएर केहि समय अनागरिकलाइ जस्तो ब्यबहार गरेको भन्दै गुनासो गरेका छन् । उनीहरुले नेपाललाइ बिश्वसामु चिनाउने काम सगरमाथा,गौतबबुद्ध र बीर गोर्खालीले नै गरको भन्दै सरकारले आफुहरुको केहिसमय अबमुल्यन गरेको आरोप लगाए ।

    सरकारद्धारा हतार, अपरिपक्क र सुनियोजित तरिकाले भारतीय र बृटिस सेनाबाट अवकाश भु.पु सैनिकलाई लक्षित गरी २०७७ आषाढ १७ गते मन्त्रीमण्डलको निर्णयले सामाजिक सुरक्षा भक्ताबाट बञ्चित गराई अनागरिक र विदेशी सैनिकसरह गणना गर्ने कुचेष्टा गरेको सह अध्यक्ष क्याप्टेन किसन बहादुर थापाले बताउनुभयो ।

    महासंघले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरेर भूपूहरुले आन्दोलन चर्काएपछि सरकारले अहिले निर्णय सच्चाएको थापाले बताउनुभयो ।

    बीर गोर्खा भन्ने शब्द भोलीका दिनमा के हुने हो भन्ने चिन्ताले सताई रहेको हुदा महासंघ लगातार हक अधिकार र पहिचानको लागि संघर्षमा रहेको महासचिब सुबेदार कुलबहादुर केसीले बताउनुभयो ।

    नेपालमा बसोबास गर्ने भारतीय, बृटिस र नेपाली सेना, पुलिस र अन्य सुरक्षा निकायवाट अवकास प्राप्त भु.पु. सैनिकले कमाएको ईमान्दारी र बहादुरीको कारण नेपालको शिक्षा तथा बहादुर चम्किएको उनीहरुको दाबि छ ।

    महासंघको संघर्षलाई सकारात्मक लिएर सरकारले पुरानो निर्णयलाई सच्चाउदै २०७७ मंसिर २१ गते  राष्ट्रपतिबाट नयाँ अध्यादेश जारी भएकोमा उनीहरुले सरकारलाई धन्यवाद दिएका छन् । अब उपरान्त भूपूूूहरुको ईतिहास पहिचान र मनमा आँच आउने खालका कुनै पनि कानुन बनाउनु पूर्व सल्लाह लिनका लागि महासंघले आग्रह गरेको छ । कार्यक्रममा प्रदेश इन्चार्ज काेषबहादुर गुरुङ,दलबहादुर छन्तेल लगायतले बाेलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology