Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीद्वारा बृक्षारोपण, लक्ष्मीनगरमा नवग्रह यन्त्र वृक्ष बाटिका निर्माण

लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीद्वारा बृक्षारोपण, लक्ष्मीनगरमा नवग्रह यन्त्र वृक्ष बाटिका निर्माण

  • 1.2K
    SHARES

  • लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीद्वारा बृक्षारोपण, लक्ष्मीनगरमा नवग्रह यन्त्र वृक्ष बाटिका निर्माण

    बुटवल,साउन ६ ।

    लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीले बुटवलको लक्ष्मीनगरमा बृक्षारोपण गरेको छ । क्लवका अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा कुश,पिपल,डुम्री ,शनि, दतिवन, आंक,पलास, खयर,श्रीखण्ड लगायत अन्य फलफूलका बिरूवा रोपिएको सचिव बिष्णु बोहोराले बताउनुभयो ।

    सो अवसरमा बोल्दै प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ पि का डिस्ट्रीक गर्भनर अर्जुनमान सैँजूले क्लवले  सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्नुभयो । उहाले लायन्समा नयाँ सदस्याता थपेर चलायमान बनाउनुपर्ने बताउनुभयो ।  सो अबसरमा कार्यक्रम संयोजक चित्र रोका लगायतले बोलेका थिए ।

    करिब ५० हजार खर्चमा क्लवले नवग्रह यन्त्र वृक्ष बाटिका बनाएको हो । सो अवसरमा बोल्दै अध्यक्ष पाण्डेले बर्षभर नै रचनात्मक काम गर्ने बताउनुभयो ।

    क्लवले यसअघि पनि सोही स्थानमा बाटीका बनाएर निरन्तर काम गरिहेको छ ।कार्यक्रमममा पूर्व अध्यक्ष ,पदाधिकारी ,सदस्यहरुको बाक्लो सहभागिता रहेको थियो ।,plant.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology