बुटवल,साउन ५।
तिनाउ इङलिस बोर्डिङमा बिद्यालय-अभिभावक बिच अभिमुखीकरण सम्पन्न भएको छ।
विद्यार्थीहरुको सिकाई उपलब्धि वृद्धि गर्न र बिद्यालय र अभिभावक बिच सम्बन्ध अझ प्रगाढ बनाउन अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता बिद्यालयकी प्राचार्य सीता पाण्डेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रुपमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञमुर्ति पाण्डे रहनु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि पाण्डेले विद्यार्थीहरुले पढाईमा लगनशील प्रतिबद्ध र सामाजिक संस्कार सहित अगाडि बढने सुझाव दिनुभयो। प्राचार्य पाण्डेले अभिभावक र गुरुहरुको आज्ञा अनुसार चलेमा सफल हुन सकिने बताउनुभयो।
कार्यक्रममा बिद्यालय संयोजक नारायण पोख्रेल ,एकेडेमीक चिफ(हरि बश्याल, नेपाली विषय बिभाग प्रमुख सुन्दर बेल्बासे, अभिभावकका तर्फबाट रामापुर बहुमुखी क्याम्पसका पुर्ब क्याम्पस प्रमुख तथा बुटवल बहुमुखी क्याम्पस प्राध्यापक प्रेम पौडेल, पुजा बश्याल, बिस्णु गुरुङ ,मनान्सु बज्माया, गुड्डी गुप्ता, शोभा खाती र रेश्मी परियार लगायतले बोल्नु भएको थियो।
बिद्यालय सल्लाहकार बाबुराम सुवेदीको स्वागत मन्तव्य र बिद्यालय सह संयोजक तथा अतिरिक्त कृयाकलाप संयोजक अग्निधर पोख्रेलको संचालनमा कार्यक्रम भएको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)