Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो,क-कसले आवेदन दिन पाउँछन् ?

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो,क-कसले आवेदन दिन पाउँछन् ?

  • 1.2K
    SHARES

  • कोरियन भाषा परीक्षाको आवेदन खुल्यो,क-कसले आवेदन दिन पाउँछन् ?

    काठमाडौं, साउन ५ ।

    दक्षिण कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ ।

    शाखाले सूचना प्रकाशित गर्दै पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको हो । शाखाका अनुसार परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने छ ।

    ‘नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रियाअनुरूप आवेदन खुला गरिएको हो,’ जारी सूचनामा उल्लेख छ ।

    इच्छुक नेपाली नागरिक हुनुपर्ने, इपिएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्केका कामदारहरूले आवेदन दिन सक्नेछन् ।

    koriyan.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology