Logo बुधवार, श्रावण १३ गते २०८३
images

शान्ति सुरक्षाको माग गर्दै तिलोत्तमा नगरपालिकामा उद्योग वाणिज्य संघको ज्ञापन पत्र

शान्ति सुरक्षाको माग गर्दै तिलोत्तमा नगरपालिकामा उद्योग वाणिज्य संघको ज्ञापन पत्र

  • 870
    SHARES

  • शान्ति सुरक्षाको माग गर्दै  तिलोत्तमा नगरपालिकामा  उद्योग वाणिज्य संघको ज्ञापन पत्र

    बुटवल,साउन ३।

    तिलोत्तमा उद्योग वाणिज्य संघ, रुन्देहीले उद्योगी ब्यवसायीहरुलाई निर्वाध तथा सुरक्षित रुपमा आफ्नो उद्योग ब्यवसाय सञ्चालन गर्न पाउने अधिकारको प्रत्याभूति दिलाउन माग गरेको छ ।

    संघले नगरमा शान्ति सुरक्षा कायम गर्ने र उद्योगी ब्यवसायीको संरक्षण गर्ने दायित्व स्थानीय सरकार तथा नगरपालिकाको भएकाले यस तर्फ ध्यान दिन नगरपालिकाको ध्यानाकर्षण गराउंदै तिलोत्तमा नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।  

    तिलोत्तमा ११ गाईघाटका निर्माण ब्यवसायी गोविन्द प्रसाद अधिकारीको निवासको पार्किङ्गमा राखिएका जे.सी.भी.,भ्याक्कु र टेक्टरमा आपराधिक समूहबाट भएको आगजनी र उद्योगी ब्यवसायीलाई आतंकित बनाएको घटना प्रति निजि क्षेत्रको प्रतिनिधिमूलक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघले भ्रत्सना गर्दै शान्ति सुरक्षाको भरपर्दो प्रवन्ध मिलाउन नगरपालिकासंग आग्रह गरेको छ ।

    संघका अध्यक्ष गुणनिधि भण्डारी(माधव) को नेतृत्वमा नगरपालिका गएको संघको प्रतिनिधि मण्डलले यही श्रावण १ गते सोमबार विहान करिव २ः३० वजे भएको आगजनीको घटनाको जानकारी गराउंदै शान्ति सुरक्षाको भरपर्दो ब्यवस्था मिलाउन माग गर्दै नगर प्रमुख रामकृष्ण खाँणलाई बुधबार दिउसो ज्ञापन पत्र बुझाएको हो ।

    संघका अध्यक्ष भण्डारी र महासचिव राजकुमार पाण्डेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा यस्ता खालका आपराधिक क्रियाकलापका कारण उद्योगी र ब्यवसायीहरुले यस क्षेत्रमा उद्योग ब्यवसाय गर्न नसकी विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने भएकाले शान्ति सुरक्षाको प्रवन्ध मिलाउन सम्वन्धित निकायसंग अपिल गरिएको छ ।

    संघले उक्त घटनाको यथाशिघ्र छानविन गरी आपराधिक क्रियाकलापमा संलग्न दोषीमाथि कडा कारवाही गर्न तिलोत्तमा नगरपालिका, प्रहरी प्रशासन र राज्यको ध्यानाकर्षण गराएको छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology