Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आजबाट तिलोत्तमाका होटल तथा रेष्टुरेन्टहरु राति ११ बजेसम्म खाेल्नुस् : नगरप्रमुख रामकृष्ण खाँण

आजबाट तिलोत्तमाका होटल तथा रेष्टुरेन्टहरु राति ११ बजेसम्म खाेल्नुस् : नगरप्रमुख रामकृष्ण खाँण

  • 6.0K
    SHARES

  • आजबाट तिलोत्तमाका होटल तथा रेष्टुरेन्टहरु राति ११ बजेसम्म खाेल्नुस्  : नगरप्रमुख रामकृष्ण खाँण

     बुटवल,साउन ३।

    रूपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र रहेका  होटल तथा रेष्टुरेन्टहरु आजबाट राति ११ बजेसम्म खुल्ने भएका छन् । नगरप्रमुख रामकृष्ण खाँणले  देशकै आर्थिक समृद्धिको आधार पर्यटन भएकाले अब होटल तथा रेष्टुरेन्टहरुलाइ राति ११ बजेसम्म खोल्न निर्देशन दिनुभयो ।

    विश्व शान्तिका दुत भगवान गौतम बुद्धको जन्मस्थललाई आधार बनाएर यस क्षेत्रको पर्यटनका आर्थिक रुपमा टेवा मिल्ने उहाँको दाबी छ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही तिलोत्तमा शाखाको बुधबार तेस्रो अधिवेशनको उद्घाटन गर्दै नगरप्रमुख खाडले बाह्य पर्यटक भुलाउने गरि रात्रीकालिन सेवा बुधबारदेखी नै संचालन गर्न सुझाव दिनुभयो । यसको लागि आवश्यक सहयोग गर्न आफुहरु तयार रहेको बताए ।

    उहाँले भन्नुभयो-‘राति ११ बजेसम्म होटल आजैबाट खोल्नुस,सुरक्षा लगायतको जिम्मा नगरपालिकाले लिन्छ ’ । प्रहरी, प्रशासनबाट भारतिय नम्बर प्लेटका सवारीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको उनले सुझाव समेत दिनुभयो । भारतिय पर्यटकबाट हाम्रो आर्थिक विकासमा योगदान पुगेको दाबी गर्दै उनिहरुलाई गर्ने आतिथ्यताप्रति होटल ब्यवसायीको मानसिकतामा समेत परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

    होटल तथा रेष्टुरेन्टहरु आजबाट राति ११ बजेसम्म खोल्नका लागि आजै पत्र काटेर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाइ सहजीकरणका लागि अनुरोध समेत गरिसकेको छ ।CDOO.jpg

    ब्यवसायीहरुले टुर प्याकेज बनाएर अघि बढ्न उहाको सुझाव छ । कार्यक्रममा संघका रुपन्देही जिल्ला अध्यक्ष लेखनाथ भण्डारीले होटल ब्यवसायीहरु समाजकै एउटा पाटो भएको भन्दै पर्यटन बिकासमा महत्त्वपूर्ण योगदान दिएको बताउनुभयो । बुद्ध जन्मस्थल रुपन्देहीको पर्यटन सम्भावनालाई मध्येनजर गरि सरकारबाट भएका पुर्वाधारलाई चलायमान गर्न जरुरी रहेको बताउनुभयो ।

    कार्यक्रममा होटल ब्यवसायी महासंघ प्रदेशका पर्यटन उपाध्यक्ष समुन्द्र जिसीले पर्यटनबाट आर्थिक समृद्धिको सम्भावना बोकेको भएपनि सरकारबाट आवश्यक लाभदायक पहल नभएको दुखेसो गर्नुभयो ।

    कार्यक्रममा यति ब्रुअरी प्रालीका लुम्बिनी प्रदेश बजार प्रमुख प्रितम गिरी, संघका महासचिव अर्जुन थापा, होटल ब्यवसायी महासंघका प्रदेश वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही तिलोत्तमा शाखाका अध्यक्ष युवराज पराजुली, सचिव मीन तिवारीले पर्यटन क्षेत्रको विकासमा नीजि क्षेत्रको योगदानको चर्चा गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology