Logo बिहिवार, आश्विन १ गते २०८३
images

उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष गैरेले गरे अपाङ्ग दृष्टिबिहिन आश्रममा सहयोग

उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष गैरेले गरे अपाङ्ग दृष्टिबिहिन आश्रममा सहयोग

  • 1.2K
    SHARES

  • उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष गैरेले गरे अपाङ्ग दृष्टिबिहिन आश्रममा सहयोग

    बुटवल,साउन २ ।

    बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरेले आफ्नो जन्मदिनमा अनाथ तथा अपाङ्ग आश्रममा खाद्यान्न सहित आर्थिक सहयोग गर्नुभएको छ ।

    समाजसेवी समेत रहेका गैरेले आफ्नो जन्मदिनको अवसरमा मंगलबार बुटवल उपमहानगरपालिका वडा नं १५ उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रममा खाद्यान्न, सरसफाईका समान प्रदान गर्नुभएको हो ।

    उहाँले चामल, दाल,तरकारी, आटा, चिउरा, भुजा लगायतका खाद्यान्न तथा साबुन, ब्रस लगायतका सरसफाईका सामान सहित नगद प्रदान गर्नुभएको हो । उहाँले विगत दश वर्षदेखि प्रत्येक वर्ष आफ्नो जन्मदिनमा यस्तै आश्रममा सहयोग गरेर मनाउँदै आउनु भएको छ ।

    उक्त आश्रममा ३६ जना मध्ये १७ जना अपाङ्गता भएका तथा दृष्टिबिहन र १९ जना अनाथ बालबालिका आश्रीत छन् । उनीहरु गीत गाउने तथा हस्तकलाका सामाग्रिहरु अगरवत्ती लगायतका सामानहरु बिक्रि गरेर जिविकोपार्जन गर्दै आईरहेको आश्रमले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology