Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शिक्षक हत्याको जिम्मेवारी लिदै विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले भन्याे- ‘प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको हाे’

शिक्षक हत्याको जिम्मेवारी लिदै विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले भन्याे- ‘प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको हाे’

  • 2.8K
    SHARES

  • शिक्षक हत्याको जिम्मेवारी  लिदै विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले भन्याे- ‘प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको हाे’

    बुटवल,मंसिर २४ ।

    मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ।

    विप्लव नेकपाको मेची कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको प्रतिकारमा मृत्यु भएको दाबी गरेको छ ।

    तर स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई अपहरण गरी मंगलबार बिहान नजिकैको बर्खे जंगलमा घाँटी रेटी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

    ‘सुराकी’ गरेको आरोप लगाएको विप्लव समूहले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले  प्रतिकारमा मृत्यु  भएको विज्ञप्तिमा उल्लेख छ ।

    श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची कोसी ब्युरो बैठकमा प्रहरी बोलाएर ‘दमन गराएको’ दावी विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठले जनताका घरमा पटक पटक प्रहरी पठाएर नेता कार्यकर्तालाई खान बस्न दिए तातो गोली खान्छौ भन्दै आतंकित पारेको विज्ञप्तिमा भनिएको छ ।

    ‘उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालक गराएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘२०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए।’ लामो समयदेखि श्रेष्ठले सुराकी गर्दै आएको र सच्चिन पटक पटक चेतावनी दिँदा नसुध्रिएको दाबी गरिएको छ।

    Biplop-Press-Release.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology