Logo बुधवार, श्रावण १३ गते २०८३
images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : ७ लाख सदस्य थप गर्ने प्रस्ताव

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : ७ लाख सदस्य थप गर्ने प्रस्ताव

  • 1.4K
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : ७ लाख सदस्य थप गर्ने प्रस्ताव

    बुटवल,साउन २।

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको बैठक कांग्रेसले पार्टीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरेको छ ।बैठकमा काँग्रेस महामन्त्री गगनकुमार थापाले बार्षिक कार्ययोजना प्रस्तुत गर्नुहुँदै पार्टीको सदस्यता ५ लाख देखि ७ लाख थप गर्ने प्रस्ताव गर्नुभएको छ ।

    काँग्रेसले पहिलो पटक पार्टीका केन्द्रीय सदस्यहरुलाई पार्टीको कामबाट छुट्टी दिएर जनतालाई सेवा र सहयोग गर्न खटाउने प्रस्ताव पनि गरेको छ । यसैगरी महामन्त्री थापाले २२ वटा विभागहरु थप गर्न पनि बैठकमा प्रस्ताव गर्नुभएको छ । उहाँले पार्टीको केन्द्रदेखि गाउँ इकाइसम्म बार्षिक क्यालेनण्डर बनाएर लागु गर्ने योजना पनि सार्वजनिक गर्नुभयो ।congress-meeting-2080-04-02 (4).jpg

    पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकको प्रारम्भ गर्दै महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराउनुभएको थियो ।

    बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएका छन ।यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची महामन्त्री शर्माले केन्द्रीय समितिको बैठकमा जानकारी गराउनुभएको थियो ।

    बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम भोलिदेखि शुरु हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology