Logo बुधवार, श्रावण १३ गते २०८३
images

कांग्रेसको रूपान्तरण अभियानले बुझायो २१ बुँदे प्रतिवेदन

कांग्रेसको रूपान्तरण अभियानले बुझायो २१ बुँदे प्रतिवेदन

  • 1.2K
    SHARES

  • कांग्रेसको रूपान्तरण अभियानले बुझायो २१ बुँदे प्रतिवेदन

    काठमाडौँ,साउन २।

    नेपाली कांग्रेसका केही नेताले चलाएको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ । केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको अभियानका नेता जगदीश्वर नरसिंह केसीले बताए । पार्टी सभापति शेरबहादुर देउवाले प्रतिवेदन बुझ्न नमानेपछि उनीहरुले मुख्यसचिवलाई बुझाउनु परेको हो ।

    पत्रमा कांग्रेसलाई समयसापेक्ष सुधार नगरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई समयमै सम्बोधन नगरिए पार्टी सदस्यहरूमा झनझन निराशा बढ्दै जाने निश्चित रहेको उल्लेख छ । यस्तै  पार्टीको लोकप्रिय जनाधार खस्किँदै जाने निश्चित रहेको उल्लेख छ ।

    यस सन्दर्भमा पार्टी रूपान्तरणका प्रमुख मुद्दा र समाधानका विकल्पबारे  कांग्रेस रूपान्तरण अभियानले सातवटै प्रदेश र डायस्पोरासँग प्रथम चरणको छलफल सम्पन्न गरी काठमाडौँ उपत्यकामा उपलब्ध प्राध्यापक, महिला तथा तरुण नेताहरूसँग समेत अन्तरक्रिया गर्दा प्राप्त सुझावहरूलाई पहिलो मस्यौदाका रूपमा सूचीबद्ध गरेका गरिएको उल्लेख छ । 

    गत जेठ ११ देखि ३१ गतेसम्म कांग्रेस रूपान्तरण अभियानले सातै प्रदेश भेला गरेका थिए। त्यसपछि प्राध्यापक, तरूण लगायतसँग काठमाडौंमा रूपान्तरण अभियानले भेला गरेको थियो। पार्टी रूपान्तरणका लागि प्राप्त महत्त्वपूर्ण सुझावहरूलाई पार्टीको औपचारिक संरचनाभित्र थप छलफल र निर्णय गरेर कार्यान्वयन गर्न अनुरोध गरिएको छ । 

    अभियानले पार्टीको मतमा आएको गिरावट, भ्रष्टाचार प्रकरणहरूमा पार्टीकै नेताहरूको संलग्नता, पार्टीका अवयव तथा भ्रातृ संस्थाहरूमा देखिएको आन्तरिक अव्यवस्था,  नीतिविहीनता र बिधिविहीनता जस्ता कारणले पार्टीभित्र व्यापक असन्तुष्टि रहेकाले यसबारे बैलेमा समाधान खोज्न पनि ध्यानाकर्षण गराइएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology