बुटवल,साउन १ ।
बुटवल १२ मा अवस्थित मुक्तिनाथधाममा संकटमाेचन अनुष्ठान शुभारम्भ भएको छ । श्रावणमहिनाको पहिलाे साेमबारका दिन आज लुम्बिनी प्रदेशका मुख्मन्त्री डिल्ली चाैधरीले रुद्धाभिषेक सहित शिवमहोत्सव संकटमाेचन अनुष्ठान उद्घाटन गरेका हुन् ।
चाैधरीले धामलाइ ऐतिहासिक स्थलका रुपमा विकास गरिने र सरकार धार्मिक पर्यटन मार्फत् आर्थिक समृद्धीको दिशामा अघि बढेको बताए ।
सो अवसरमा बुटवल नगर प्रमुख खेलराज पाण्डेय लगायत,उपप्रमुख साबित्रादेवि अर्याल लगायतले पूजाअर्चना गरेका थिए । कार्यक्रममा मुख्यमन्त्री चाैधरीलाइ अभिनन्दन समेत गरिएको थियो ।
धाममा प्रमुख संरक्षक स्वामी लोकानन्दले प्रदेशकै मुल धामको रुपमा मुक्तिनाथधामलाई स्थापित गरिएको बताउनुभयो । उहाँले धामको गुरुयोजना पूरा गर्नए थप ४ करोड आबश्यक रहेको उल्लेख गर्नुभयो । धाममा बिहानैदेखि श्रद्धालुको भीड लागेको थियो । धाममा अनुष्ठान अवधिभरमा चार कराेड दीप बालिने छ भने संगीतमय कथा वाचन भने कृष्ण सुवेदीले गर्नुभएको छ ।
साउनको पहिलो सोमबार आज देशभरका शिवधामहरुमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । सूर्य दक्षिणायन भएको पहिलो साउने सोमबार भगवान शिवको प्रिय भएकाले यस दिन शिवालयमा पूजा, ब्रत, दर्शन एवं जल चढाउने परम्परा छ ।
साउन महिनामा पवित्र नदी, तालबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा गर्ने चलन बढ्दै गएको छ । यस्मा युवापुस्ताको पनि बाक्लो सहभागिता हुँदै गएको देखिन्छ ।
साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकाले शिवधामहरुमा बिहानैदेखि श्रद्धालुको ओइरो लागेको धामका प्रमुख संरक्षक स्वामि लाेकानन्दले जानकारी दिनुभयो ।
रुपन्देहीका शिवधामहरु मुक्तिनाथधाम, सैनामैनाको पर्रोहा परमेश्वर बोलबमधाम, नरेनापुर शिवधाम, सिद्धबाबाधाम, निलकण्डबाबा धामहरुमा पनि बिहानैदेखि भक्तजन जर्लापणका लागि पुगेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)