Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिद्धबाबा मन्दिरमा आजबाट डिजिटल सिष्टम लागू,आम्दानी-खर्चलाई पारदर्शी बनाइँदै

सिद्धबाबा मन्दिरमा आजबाट डिजिटल सिष्टम लागू,आम्दानी-खर्चलाई पारदर्शी बनाइँदै

  • 3.0K
    SHARES

  • सिद्धबाबा मन्दिरमा आजबाट डिजिटल सिष्टम लागू,आम्दानी-खर्चलाई पारदर्शी बनाइँदै

    बुटवल,साउन १ ।

    पाल्पाको तिनाउ गाँउपालिका ३ मा रहेको सिद्धबाबा मन्दिरले आजबाट सबै आर्थिक काराेबारलाई डिजीटल प्रणालीमा लगेको छ ।  दान दक्षिणा दिने भक्तजनलाई समेत अबदेखि डिजिटल बिल दिइनेछ । मन्दिरको आर्थिक गतिबिधिलाई पारदर्शी बनाउने उद्देश्यले आजबाट भक्तहरुलाई डिजिटल बिल दिन थालिएको हो । यसका लागि नयाँ सफ्टवेयर खरिद खरिएको छ भने २ स्थानबाट सेवा दिइने जनाइएको छ ।

    सोमबार मन्दिर दर्शनमा आएकी सावित्रा खत्रीले परेवा खरिद गरेबापत रकम भुक्तानीपछि उनलाई कोषाध्यक्ष कुमारी खड्काले डिजिटल बिल हस्तान्तरण गर्दै सेवा प्रारम्भको घोषणा गरिन् ।siddhababa  palpa.jpg

    मन्दिरमा दर्शनार्थी तथा पूजाआजाका साथै विभिन्न सेवा सुविधा लिएबापत मन्दिरलाई उपलब्ध गराउने रकमको बिल अब डिजिटल माध्यमबाट उपलब्ध गराउने ब्यवस्था गरिएको मन्दिर बिकास समितिका अध्यक्ष सन्तोष शेरचनले बताए । उनले यसरी डिजिटल प्रविधिको प्रयोगले मन्दिरको आम्दानी खर्चलाई व्यवस्थित र पारदर्शी बनाउने विश्वास ब्यक्त गरे ।siddhababa mandir.png

    मन्दिर बिकास समितिका अध्यक्ष शेरचन, सचिव अरविन्द पाण्डेय, गाेेपाल बस्यालऽसदस्य तोया लम्साल ,बिष्णु पाण्डे लगायतको उपस्थितीमा सेवाको शुभारम्भ गरिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology