बुटवल,साउन १ ।
लायन्स क्लव अफ बुटवल सिद्धबाबाले बृक्षरोपण गरेको छ । बुटवल १२ नयाँगाउँमा रहेको सिद्धबाबा स्वास्थ्य उपचार केन्द्र (क्लव सचिवालय परिषरमा ) २१ वटा बिभिन्न प्रजातीका फलफूलका बिरुवा रोपिएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ पि का फस्ट भिडिजी एमजेएफ पुरुषोत्तम भक्त प्रधानाङ्गले जुलाइ मिहनाभर वातावरण संरक्षण तथा हराभरा बनाउने अभियान चलाइएको बताउनुभयो ।
बुटवल १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्यले रोपिएका बिरुवालाइ हुर्काउनतिर ध्यान दिन आग्रह गर्नुभयो ।उहाले वडा र नगरसंगको सहकार्यमा क्लवको परिषरमा ध्यान योग केन्द्र र आयुर्वेद केन्द्र चलाउन सकिने धारणा राख्नुभयो ।
से अवसरमा लायन्स क्लव इन्टरनेशनल ३२५ पि का सेकेण्ड भिडिजीपिएमजेएफ बालाराम भट्टराई,नयाँगाउँ माबिका अध्यक्ष पुरुषोत्तम बस्याल, कार्यक्रम संयोजक फस्ट भिपी सिताराम रसाइली,सचिव लायन डोलराज बस्याल लगायतले बोेल्नुभएको थियोे । क्लवका बर्ष २०३४–२४ का अध्यक्ष नारायण तिवारीले क्लबले मेवा,लिची आँप,कटहर,अम्बा लगायतका फलफूलका बिरूवा रोपेको जानकारी दिदै अब निशुल्क रुपमा क्लवमै मधुमेह शिबिर चलाइने बताउनुभयो ।
से अबसरमा बेल्ने बक्ताहरुले क्लवले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै बिगतमा भएका कामहरुको बारेमा ब्रिफ्रिङ गरेका थिए ।क्लवले नयाँगाउँस्थित ५ कठ्ठा जग्गामा सिद्धबाबा स्वास्थ्य उपचार केन्द्र संचालन गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)