Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

  • 1.5K
    SHARES

  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

    काठमाडाैँ,असार ३१ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गरेका छन्। आइतबार उनले विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० प्रमाणीकरण गरेका हुन्।

    सरकारले  गत जेठ  १५ गते बजेट संसदमा बजेट प्रस्तुत गरेको थियो। उक्त बजेट शुक्रबार संघीय संसदको दुबै सदनले पारित गरेपछि सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको थियो।

    संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि आएका विधेयक सोही धाराको उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

    राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै बजेट कार्यान्वयनको बाटो खुलेको छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology