Logo बुधवार, श्रावण १३ गते २०८३
images

 गेट गाईडलाइन्स एजुकेशनद्वारा बुटवलमा शाखा शुभारम्भ

 गेट गाईडलाइन्स एजुकेशनद्वारा बुटवलमा शाखा शुभारम्भ

  • 792
    SHARES

  •  गेट गाईडलाइन्स एजुकेशनद्वारा बुटवलमा शाखा शुभारम्भ

    बुटवल,असार ३० ।

    गेट गाईडलाइन्स एजुकेशन कन्सल्टेन्सीले बुटवलमा शाखा कार्यालय शुभारम्भ गरेको छ । बुटवलको ८ सुख्खानगरमा स्थापना भएको कार्यालयको रुपन्देहीका शिक्षा समन्वय समिति संयोजक दीपेन्द्र ढकालले एक समारोहका बीच शुभारम्भ गरे ।

    शाखा कार्यालयको शुभारम्भ गर्दै ढकालले वजारमा थुप्रै शैक्षिक कन्सल्टेन्सी रहेको र ती संस्थाहरुले दिएको सेवामा जनगुनासा आउने गरेकाले गुनासो नआउने गरी सही परामर्श दिन आग्रह गरे । गेट गाईडलान्स एजुकेशनको दीगो रुपमा संचालन गर्नका लागि संस्थागत सुशासन संगै नाफालाई भन्दा पनि गुणस्तरिय सेवालाइ बढी प्राथमिकता दिन ढकालले निर्देशन दिए ।बुटवल उपमहानगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष यज्ञ प्रसाद पंगेनीले शैक्षिक परामर्श सेवा विश्वासिलो बनाउन जरुरी रहेको बताए ।

    गेट गाईडलान्स एजुकेशन कन्सल्टेन्सी बुटवलका अध्यक्ष विनोद महत्रा र म्यानेजर विशाल भण्डारीले उच्च शिक्षा अध्ययनका लागि क्यानाडा, अस्ट्रेलिया, अमेरिका, न्यूजिल्याण्ड, युके लगायतका मुलुकमा जाने विद्यार्थीहरुलाई बुटवलवाटै उचित परामर्श सेवा प्रदान गर्ने लक्ष्यले शाखा शुभारम्भ गरेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, आषाढ ३० २०८०१०:२१:२४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology