Logo बिहिवार, आश्विन १ गते २०८३
images

रिडीको तीनमुखे पुलमा नि:शुल्क वाईफाई (पूल शिलान्यासको भिडियो रिपोर्टसहित)

रिडीको तीनमुखे पुलमा नि:शुल्क वाईफाई (पूल शिलान्यासको भिडियो रिपोर्टसहित)

  • 1.3K
    SHARES

  • रिडीको तीनमुखे पुलमा नि:शुल्क वाईफाई (पूल शिलान्यासको भिडियो रिपोर्टसहित)

    बुटवल,असार ३० ।

    गुल्मीको रूरूमा रहेको तीन मुखे पुलमा नि:शुल्क वाइफाई जडान गरिएको छ । पुल निर्माण पछि आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्ने गरेको र आगन्तुक पर्यटकका लागि सहज होस भनेर वाईफाई जडान गरेको रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विकले जानकारी दिए ।

    रुरुधाम टोलविकास समितिका अध्यक्ष प्रेम भण्डारीको आग्रहमा ब्रोडलिँक नेटवर्क कम्युनिकेशनले तिनमुखे क्षेत्रमा इन्टरनेट जडान गरेको हो।

    वाईफाई सञ्चालन गर्न लाग्ने विद्युत शुल्क चेतनशिल महिला बहुउद्देश्यीय सहाकारी सँस्थाले उपलब्ध गराउने स्थानीय सुन्दर कसजूले नागरिक अनलाइनलाइ बताए ।

    निशुल्क वाईफाइ जडानसँगै यो पुल क्षेत्रको लाईभ टेलिकास्ट तथा अन्य इन्टरनेट सम्बन्धि सेवा आन्तरिक तथा वाह्य पर्यटकले पुलबाटै लिन सक्ने छन र तत्काल सामाजिक सन्जालमा यहाँका दृश्य र भिजुअल हरु ठाउँको ठाउँबाटै पुग्ने छ इन्टरनेट को सुविधा खोज्न अन्यत्र धाउनु पर्नेछैन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology