बुटवल,असार २९ ।
रूपन्देहीका पत्रकार स्वस्तिक श्रेष्ठ पुरस्कृत भएका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाजका आजिवन सदस्य स्वर्गीय अनिष श्रेष्ठको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कारबाट स्वस्तिक श्रेष्ठलाई प्रदान गरिएको हाे।
नेपाल स्वयंसेवी रक्तदाता समाजको बुटवलमा भएको अधिवेशन उदघाटन समारोहमा पत्रकार श्रेष्ठलाई दोसल्ला, नगद १० हजार तथा प्रशंशापत्रले सम्मान गरिएको हो । उनी बुटवल टुडे र कान्तिपुर टेलिभिजनमा कार्यरत रहेका छन् ।
श्रेष्ठलाई बुटवल नगरप्रमुख खेलराज पाण्डेय तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका रूपन्देही अध्यक्ष एव् केन्द्रिय महासचिव कृष्ण चौहान क्षेत्रीले सम्मान प्रदान गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)