Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा शान्ति समाजको बिराेध प्रदर्शन : ५ सय ५ दिन लामो युद्ध रोक्न रुसलाई आग्रह

बुटवलमा शान्ति समाजको बिराेध प्रदर्शन : ५ सय ५ दिन लामो युद्ध रोक्न रुसलाई आग्रह

  • 4.7K
    SHARES

  • बुटवलमा शान्ति समाजको बिराेध प्रदर्शन : ५ सय ५ दिन लामो  युद्ध रोक्न रुसलाई  आग्रह

    बुटवल, असार २८ ।

    मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले बुटवलमा प्लेकार्ड प्रदर्शन गरेको छ । रुसलाइ ५ सय ५ दिन लामो युद्ध अन्त्य गर्न आग्रह गर्दै  बुटवलको पुष्पलाल पार्कमा गरिएको बिरोध प्रदर्शनमा रुसी आक्रमण बन्द गर, रुसले शुरु गरेको युद्धको ५ सय ५ दिन मानवता पराजित, रुसी आक्रमणका कारण करोड बढी शरणार्थी र आन्तरिक रुपमा बिस्थापित, युद्ध लम्बिदै छ, मानवता पराजित हुदैछ, जस्ता प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरिएको छ ।

    कार्यक्रममा समाजका केन्द्रीय निवर्तमान अध्यक्ष गोबिन्द खनालले हरेक प्रकारको समाधान वार्ताबाट सम्भव रहेको भन्दै युद्ध रोकेर बिकल्पमा जानुपर्ने बताए । समाजले मानव अधिकारको विषयमा संस्थाको छुट्टै पहिचान बनाउन सफल भएको दाबी गर्दै वकालत र न्यायका लागि आफुहरु सधै अग्रसर रहेको बताए ।

    कार्यक्रममा रुपन्देही शाखाका सभापति कृष्ण भट्टराईले विश्वभर मानव अधिकारका बिरुद्ध हुने हरेक किसिमका गलत क्रियाकलापको शान्तपुर्ण बिरोध सबै नागरिकको अधिकार भएको बताए । विश्वभरबाट दबाब दिनसकेमात्र शक्तिशाली र बलिया राष्ट्र ठान्नेहरुलाई नैतिक रुपमा दबाब हुने उनले दाबी गरे । भर्खरमात्र सामाजिक न्यायका लागी रुपन्देही शाखाले प्लेकार्ड प्रदर्शन गरेको भन्दै उनले शान्तिपुर्ण बिरोधको ठुलो मूल्य हुने बताए ।

    कार्यक्रममा समाजका केन्द्रिय सचिव मिना ढकाल, केन्द्रिय सदस्य डिपि खनाल, नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रका महासचिव कृष्ण चौहान, प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी,  समाजका उपसभापति कपिल ज्ञवाली,सचिव कृष्ण पाण्डेले सबै खाले हिंसाको सबै मिलेर बिराेध गर्नुपर्ने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology