Logo बिहिवार, आश्विन १ गते २०८३
images

अक्सफोर्डमा कक्षा ११ को प्रवेश परीक्षा दिनेकाे घुइँचाे,३ हजार ७५६ जनाले दिए जाँच

अक्सफोर्डमा कक्षा ११ को प्रवेश परीक्षा दिनेकाे घुइँचाे,३ हजार ७५६ जनाले दिए जाँच

  • 8.2K
    SHARES

  • अक्सफोर्डमा कक्षा ११ को प्रवेश परीक्षा दिनेकाे घुइँचाे,३ हजार ७५६ जनाले दिए जाँच

    बुटवल,असार २७ ।

    बुटवलको अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्नको लागि भएको प्रवेश परीक्षामा विद्यार्थीको घुँइचाे नै लागेको छ। विगत देखि नै उत्कृष्ट रिजल्ट ल्याउन सफल अक्सफोर्ड मावि ले अहिले संस्कार सहितको शिक्षा दिने पाठ्यक्रम लागू गरेसङ्गै अभिभावक तथा विद्यार्थीहरूको आकर्षण ह्वात्तै  वढेको हो ।  

    अक्सफोर्डमा विज्ञान,ब्याबस्थापन तथा शिक्षाशास्त्र संकायमा पढाइ हुने गर्दछ। आज विद्यालयले लिएको परीक्षामा सम्पूर्ण संकायमा गरी कुल ३ हजार ७सय ५६ जना विद्यार्थीहरूले परीक्षा दिएका छन्। विहान ७:३० बजे परीक्षा भएको हाे । सयौं अभिभावक तथा विद्यार्थीहरूको सहभागीतामा भएको परीक्षामा एक घण्टाको समय निर्धारण गरिएको थियोे ।ox.jpg
    रूपन्देही जिल्लामा विगत देखिनै उत्कृष्ट रिजल्ट ल्याउदै आएको अक्सफोर्डले  अहिले पनि विभिन्न संकायमा  उत्कृष्ट रिजल्ट ल्याउने गरेको हुदा विद्यार्थीहरूको आकर्षण बढेको  प्राचार्य दिनेश भुसालले बताउनुभयो ।

    रिजल्ट सङ्गै भर्ना अभियानमा लाग्ने कुरा बताउदै प्राध्यापक सुमन भुसालले कक्षा ११ मा भर्ना हुनको लागि  विद्यार्थीहरूको चाप बढेको हुदा भोलिदेखि भर्ना बन्द गर्नुपर्ने अवस्था आउने बताउनुभयो। संस्कार सहितको शिक्षाको लागि अक्सफोर्ड एक ब्रान्ड बनेको हुदा समयमै आफना छोराछोरी भर्ना गरि ढुक्क हुन अभिभावकलाई आग्रह समेत गर्नुभयो ।

    अक्सफोर्डमा विज्ञान,ब्यबस्थापन तथा शिक्षाशास्त्र संकायमा विहानी तथा दिवा समयमा पढाइ हुने र अहिले ७५० जना विद्यार्थीहरू राख्ने योजना भएको बिहानी सत्र इन्चार्ज नारायण सापकोटाले बताउनुभयो ।साथै भर्खरै प्रकासन भएको BHM को नतिजामा अक्सफोर्ड कलेज नेपाल प्रथम र BIM को नतिजामा विशाल खनालले ३.८०जीपीएसहित लुम्बिनी प्रदेश प्रथम हुन सफल भएको क्याम्पस प्रमुख मनोज मरासिनीले बताउनुभयो ।

    यी समाचार पनि हेराैँ :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology