Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एसईईमा उत्कृष्ट बिद्यार्थीलाइ नयाँगाउँ माबिद्वारा बधाइसहित सम्मान

एसईईमा उत्कृष्ट बिद्यार्थीलाइ नयाँगाउँ माबिद्वारा बधाइसहित सम्मान

  • 1.5K
    SHARES

  • एसईईमा उत्कृष्ट बिद्यार्थीलाइ नयाँगाउँ माबिद्वारा बधाइसहित सम्मान

    बुटवल,असार २६ । 

    नयाँगाउँ माबि बुटवल १२ २०७९ सालको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट बिद्यार्थीलाइ बधाइ सहित सम्मान गरेको छ ।जिल्लाका संस्थागत बिद्यालयहरुलाई पछि पार्दै बुटवल १२ मा रहेको नयाँगाउँ माध्यमिक बिद्यालयले शत प्रतिशत बिद्यार्थी उत्तिर्ण बनाउन सफल भएको हो ।

    विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले यो बर्षको एसईईको नतिजामा दुईजना विद्यार्थीले ३.९५ जीपीएसहित उत्कृष्ट नतिजा निकालेको जानकारी दिनुभयो ।

    उहाँले एसइईमा यसपाली आफ्नो स्कुल जिल्लामै उत्कृष्ट भएको बताउँदै १२७ जना सहभागिमध्ये सबैको रिजल्ट उत्कृष्ट आएको बताउनु भयो ।उहाँले दुई जना विद्यार्थीले ३.९५ जीपीए ल्याएको र अरु विद्यार्थीको रिजल्टले पनि आफूहरु धेरै खुशी भएको बताउनुभयो ।

    एसईईमा ३.९५ जीपीए ल्याउन सफल विद्यार्थी बिशाल बञ्जाडे र सुजन भट्टराईले एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल हुनुको श्रेय विद्यालयको बाताबरण, प्रधानाध्यापकको प्रोत्साहन र शिक्षकहरुको प्रेरणा रहेको बताउनुभयो । विद्यार्थी विशाल र सुजनले विद्यालयको पढाईको गुणस्तर एकदम राम्रो रहेको र सवै शिक्षकहरुको विद्यार्थीप्रति राम्रो केयर गरेकै कारण सफलता प्राप्त भएको बताए ।

    रुपन्देहीका सामुदायिक विद्यालयहरुले यो बर्षको एसईईमा उत्कृष्ट नतिजा ल्याएका छन । उनीहरुलाइ बिद्यालयले उज्जवल भविश्यको कामना गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology