Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा २३ जना कोरोना सङ्क्रमितको मृत्यु,१२६८६ जना सक्रिय सङ्क्रमित

२४ घण्टामा २३ जना कोरोना सङ्क्रमितको मृत्यु,१२६८६ जना सक्रिय सङ्क्रमित

  • 2.5K
    SHARES

  • २४ घण्टामा २३ जना कोरोना सङ्क्रमितको मृत्यु,१२६८६ जना सक्रिय सङ्क्रमित

    बुटवल मंसिर २३ -

    नेपालमा केही दिनदेखि कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरु निको हुने दर बढिरहेको छ ।

    कोरोना भाइरसबाट निको हुने दर ९४।११ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा एक हजार ६२१ जना सङ्क्रमितहरु निको भएका छन् । हालसम्म दुई लाख २९ हजार ५४ जना सङ्क्रमित निको भइसकेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा एक हजार ३८२ जना सङ्क्रमित थपिएको जनाएको छ ।

    यस्तै, थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४३ हजार ३७७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको आरटी पीसीआर नमूनाको परीक्षण गरिएको थियो ।हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    नेपालमा हाल १२ हजार ६८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । संक्रमितमध्ये ५२३ जना क्वारेन्टिनमा रहेका छन ।

    मन्त्रालयले पछिल्लो २४ घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ ।योसहित हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६३७ जनाको मृत्यु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology