Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिद्धार्थनगरको १३ औँ अधिवेशन सम्पन्न

सिद्धार्थनगरको १३ औँ अधिवेशन सम्पन्न

  • 1.4K
    SHARES

  • सिद्धार्थनगरको १३ औँ अधिवेशन सम्पन्न

    भैरहवा,असार २६  ।

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको अगामी आर्थिक वर्ष ०८०-०८१ का लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

    नगरपालिकाको १३ औँ नगर सभाको असार १० गते बसेको पहिलो बैठकले आर्थिक वर्ष ०८०-०८१ का लागि नगर उपप्रमुख उमा अधिकारीले प्रस्तुत गरेको एक अर्ब १३ करोड बढी रुपैयाँ बजेट दोस्रो बैठकमा छलफल पछि सर्वसम्मतले पारित भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए । जस अनुसार चालु तर्फ ५८ करोड ६ लाख ८० हजार सात सय ४ रुपैयाँ र पुँजीगत तर्फ ५५ करोड ३४ लाख ६१ हजार २ सय ९६ रुपैयाँको बजेट प्रस्तुत भएको थियो ।

    यस्तै नगर प्रमुख इश्तियाक अहमद खानले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पनि छलफल पछि संसोधन सहित सभाले सर्वसम्मतले पारित गरेको हो ।

    यस्तै सभाको असार २६ गते बसेको तेस्रो बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण, न्यायिक समिति, लेखा समितीको प्रतिवेदन छलफपछि सर्वसम्मतले पारित गरेको छ भने सभामा पेश भएको कर्मचारी व्यवस्थापन विधेयक तथा शिक्षा ऐन, २०७४ संसोधन विधेयकमा नगर सभा सदस्यले अध्ययनको माग गरेपछि हिउँदो अधिवेशनमा पुनः पेश गर्ने गरी नगर सभाको १३ औँ अधिवेशन समापन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए ।

    आर्थिक वर्ष ०८०-०८१ म संघीय सरकारबाट समानीकरण अनुदानमा १७ करोड ८९ लाख, ससर्त अनुदानमा २८ करोड ५४ लाख, समपूरक अनुदान ८० लाख, विशेष अनुदान ९० लाख, राजस्व बाडफाँड १० करोड ४३ लाख ४६ हजार र प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान एक करोड ३७ लाख ३३ हजार, ससर्त अनुदान ८६ लाख ५० हजार, राजस्व बाडफाँड ८६ लाख ८० हजार चार सय १३, समपूरक अनुदान एक करोड ५० लाख, नेपाल सरकार तथा एशियाली विकास बैंकको संयुक्त लगानीमा संचालन हुने परियोजना लागि दातृ निकायबाट प्राप्त हुने १३ करोड ४० लाख, मालपोत कार्यालयबाट प्राप्त हुने राजस्व बाँडफाँड ५ करोड, आन्तरिक आयबाट १९ करोड ९५ लाख र अनुमानित बैंक मौज्दात ११ करोड ८९ लाख ३२ हजार ५ सय ८७ गरी एक अर्ब १३ करोड ४१ लख ४२ हजार रुपैयाँको बजेट अनुमान गरी पारित भएको नगरपालिकाको कार्यालयले जनाएको छ ।

    यस्तै नगरपालिका ल्याएको नीति तथा कार्यक्रममा नगरलाई ‘क्लिन’ ‘ग्रिन’ ‘इको फ्रेन्डली’ बनाउनका लागि वृक्षारोपण सहितको कार्यक्रम, ८० वर्ष उमेर माथीका जेष्ठ नागरिकको घरदैलोमा गई स्वास्थ्य जाँच गर्ने, फोहोरमैला व्यवस्थापन गर्ने स्थलमा प्रभावित बासिन्दाको निःशुल्क बीमा कार्यक्रम, ब्लड बैंक मार्फत नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम संचालन गर्ने, उपप्रमुख सुत्केरी भेटघाट कार्यक्रम, सार्वजनिक शौचालयको निर्माण, अटोमेटिक नम्बर प्लेट रिडिङ्ग प्रणली जडान, छाडा चौपायाको व्यवस्थापन, फायर हाइड्रेन्ट जडान, वाटर एटिएम लगायत रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology