Logo बिहिवार, आश्विन १ गते २०८३
images

आज चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

आज चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

  • 1.3K
    SHARES

  • आज चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

    बुटवल,असार २६ ।

    हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको  महाशाखाले नियमित बुलेटिनमार्फत् उल्लेख गरेको छ।

    हाल बिहान सामान्यदेखि पूर्ण बदलीको अवस्था विद्यमान छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको छ।

     दिउँसोपख देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको बुलेटिनमा उल्लेख छ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ।

    राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आषाढ २६ २०८०११:०१:१०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology