बुटवल, असार २४ ।
बुटवल–८ सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कूलमा २०७९ सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापनसहित सम्मान गरिएको छ । २०७९ सालको एसईई परीक्षामा दीप बोडिङबाट ११२ विद्यार्थी सहभागी थिए ।
सहभागीमध्ये ए प्लसमा १४ जना,ए मा ३८ जना ,बी प्लस ३८ ,बी १९ र सी प्लसमा ३ जना विद्यार्थी पास भएको विद्यालयले जनाएको छ । आइतबार आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई बधाईसहित सम्मान गरेका थिए ।
प्राचार्य न्यौपानेले ४ जीपीए मात्र सबै चिज नभएको बताउँदै विद्यार्थीले उच्च शिक्षामा धेरै राम्रो गर्न सक्ने बताए । सीप र संस्कार सहितको शिक्षाको लागि कक्षा ११ र १२ को पढाई पनि दीपलाई नैं रोज्न विद्यार्थीहरूलाई न्यौपानेले आग्रह गरे ।
विद्यालयका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूले पारिवारिक र स्नेहपूर्ण वातावरणमा दीपमा रहेको बताए । शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले विद्यार्थी श्रमसँग जोडिनुपर्नेमा जोड दिँदै उपर्युक्त वातवरण सहितको विद्यालय विद्यार्थीको छनौटमा पर्ने बताए ।दीप बोर्डिङ स्कूल धेरै उत्कृष्ट विद्यालयका रुपमा आफूलाई स्थापित गर्न सफल भएको ढकालको भनाइ छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)