बुटवल मंसिर २३ -
बुटवलको देवीनगरमा मोटरसाइकलले पैदलयात्रीलाइ ठक्कर दिदा एक जना घाइते भएका छन् । बाटो काट्दै गरेकी १३ बर्षीया बालिका एन्जल रानालाइ देबीनगरकै सबिन श्रेष्ठले चलाएको लु ३८ प ४५४१ नम्बरको मोटरसाइकलले देवीनगर चाैपारी (हस्तिपथ अगाडी)अगाडी ठक्कर दिएको हो ।
रानानको टाउको र मुखमा गहिरो चोट लागेको छ । दिउसो साढे १ बजे दुर्घटना भएको अस्थायी प्रहरी चौकी देबीनगरका प्रहरी नायब निरिक्षक भरत थापाले नागरिक अनलाइनलाइ जानकारी दिए ।
घाइते रानाको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचार भैरहेको छ । ठक्कद दिने चालक र मोटरसाइकल प्रहरी नियन्त्रणमा छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)