Logo बुधवार, श्रावण १३ गते २०८३
images

मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको अध्यक्षमा नेपाल,महासचिवमा घिमिरे

मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको अध्यक्षमा नेपाल,महासचिवमा घिमिरे

  • 1.4K
    SHARES

  • मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको अध्यक्षमा नेपाल,महासचिवमा घिमिरे

    बुटवल, असार २४  ।

    बुटवल–२ स्थित मणिमुकुन्द सेन उद्यान संरक्षण समिति (फूलबारी) को पाँचौँ अधिवेशन तथा १५ औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।

    अधिवेशनले माधवप्रसाद नेपालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट उद्यानको उपाध्यक्षमा रमेशप्रसाद नेपाल र माधव श्रेष्ठ, महासचिवमा युवराज घिमिरे, सचिवमा ज्ञानप्रसाद अर्याल र कोषाध्यक्षमा मिलेन्द्र श्रेष्ठ चयन भएका छन् । 

    त्यस्तैगरी सदस्यहरुमा बुद्धिराज थापा, राजुप्रसाद लिगल, त्रिविक्रमराज बस्याल, सन्तोष श्रेष्ठ, प्रकाशबहादुर कुमाल, विमला श्रेष्ठ र भगवती बस्याल घिमिरे चयन भएको निर्वाचन समितिले जनाएको छ । यस्तै लेखा समिति संयोजकमा भोजबहादुर बुढाथोकी तथा सदस्यमा माधव श्रेष्ठ र राजेन्द्रराज अमात्य चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष नेपाल होटल तथा पर्यटन व्यवसायसँगै विभिन्न संघसंस्थामा आबद्ध रहेका छन् । उनी यसअघि उपाध्यक्ष थिए ।

    अधिवेशन तथा साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले फूलबारीको विकासका लागि प्रदेश सरकार सधैँ सहकार्य गर्न तयार रहेको बताए । उद्यानमा जीर्ण अवस्थामा रहेको मणिमुकुन्द सेन राजाको दरबारको संरक्षण गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सभामुख घर्तीले प्रदेशभित्र रहेका यस्ता पार्कहरुले पर्यटन विकासमा ठूलो टेवा पु¥याउने बताए । FULBARI TEAM.jpg
    उद्यानका नवनिर्वाचित अध्यक्ष नेपालले आन्तरिक तथा बाह्य पर्यटनको प्रमुख गन्तव्य बनाउन गुरुयोजनाअनुसार भौतिक निर्माण तथा पार्कको सौन्दर्यकरणका कामहरु अगाडि बढाइने बताए । साथै उनले फूलैफूलको फूलबारी बनाउने अभियानलाई आफूले पूर्णता दिने बताए ।

    कार्यक्रममा निवर्तमान अध्यक्ष खेमप्रसाद लुइँटेल, लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीलगायतले बोल्दै राष्ट्रको गहनाका रूपमा रहेको उद्यानलाई अझै सुन्दर बनाउन एक आपसमा बाझिनुभन्दा पनि विकास निर्माणका काममा मिलेर अगाडि बढ्नुपर्ने बताए ।

    कार्यक्रमको सञ्चालन महासचिवमा रमेशप्रसाद नेपालले गरेका थिए । साधारणसभाको पूर्वसन्ध्यामा गत बिहीबार उद्यान परिसरभित्र विभिन्न प्रजातिका झण्डै पाँच सय बिरूवा रोपिएको थियो ।

    अंग्रेज फौजलाई हराएका सेन वंशीय राजा मणिमुकुन्द सेनको शीतकालीन दरबारसमेत रहेको ऐतिहासिक र पुरातात्विक स्थल फूलबारीमा प्राकृतिक दृश्यावलोकन गरी मनोरम वातावरणमा रमाउन आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology