बुटवल मंसिर २३ -
रुपन्देहीमा कस्तुरीको विणा अवैधरुपमा गररहेका तीनजना पक्राउ परेका छन् । देवदह नगरपालिका– १० भलुहीबाट एकथान कस्तुरीको विणासहित तीनजना पक्राउ परेका हुन् ।
भलुहीका टेकबहादुर बिकको घरमा शंकास्पद रुपमा बसेका अर्घाखाँची छत्रदेव गाउँपालिका– २ का सुकुरदिन मिया, बाग्लुङ नगरपालिका–६ का रमेश विक र बुटवल–११ बस्ने दीपक विश्वकर्मा पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट खैरो रौंसहित कस्तुरीको ६१.४० ग्राम विणा फेला परेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)