Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एसईईमा नयाँगाउँ माबिको नतिजा उत्कृष्ट,२ जनाले ल्याए ३.९५ जीपीए

एसईईमा नयाँगाउँ माबिको नतिजा उत्कृष्ट,२ जनाले ल्याए ३.९५ जीपीए

  • 10.1K
    SHARES

  • एसईईमा नयाँगाउँ माबिको नतिजा उत्कृष्ट,२ जनाले ल्याए ३.९५ जीपीए

    बुटवल असार २१ ।

    रुपन्देहीको नयाँगाउँ माबिले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट नतिजा निकालेको छ  ।

    जिल्लाका संस्थागत बिद्यालयहरुलाइ पछि पार्दै बुटवल १२ मा रहेको नयाँगाउँ माध्यमिक बिद्यालयले नतिजा सुधार्दै शतप्रतिशत बिद्यार्थी उत्रिण बनाएको हो । आज प्रकाशित एसईईको नतिजामा २ जनाको ३.९५ जीपीएसहित उत्कृष्ट नतिजा निकालेको माबिका प्रधानाध्यापक पुरुषोत्तम भट्टराइले जानकारी दिनुभयो । 

    ‘हामी यसपाली जिल्लामा सर्बोत्कृष्ट भयौँ,१२७ जना सहभागिमध्ये सबै उत्कृष्ट भए भने २ जनाले ३.९५ जीपीए ल्याएका छन् ,हाम्रो रिजल्टमा हामी धेरै खुशी छौँ ।’ -उहाँले भन्नुभयो ।

    बजार केन्द्रित ठूला भनिएका बिद्यालयको तुलनामा हामी कुनै हिसाबले कमी छैनौँ भन्ने प्रमाण यसपटकको इसईईको नजिजाबाट समेत पुष्टि भएको उहाँको भनाइ छ ।

    यसपटक माबिबाट एसईईमा १२७ जना सहभागि रहेका थिए  ।

    लुम्बिनी प्रदेशबाट २ हजार ७९५ जनाले ३.६० देखि ४ जिपिए ल्याए :

    एसईईको परीक्षामा लुम्बिनी प्रदेशबाट २ हजार ७९५ जनाले ३.६० देखि ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ६ हजार ८१३ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या १० हजार २०१, २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या १३ हजार ३३२, २ देखि २.४ जीपीए ल्याउनेको संख्या १७ हजार ९७ जना रहेका छन् ।

    सबैभन्दा धेरै १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १८ हजार ९६० रहेको छ । यस्तै १.२० देखि १.६० जीपीए ल्याउने १० हजार ५७३ र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या ७१९रहेको छ ।

    यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईमा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology