Logo बुधवार, श्रावण १३ गते २०८३
images

एसईईमा अक्सफोर्डका दर्शन र अभिषेकको ३.९५ जीपीए

एसईईमा अक्सफोर्डका दर्शन र अभिषेकको ३.९५ जीपीए

  • 3.2K
    SHARES

  • एसईईमा अक्सफोर्डका दर्शन र अभिषेकको ३.९५ जीपीए

    बुटवल,असार २१ ।

    बुटवलको अक्सफोर्ड माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ ।

    विहिबार सार्वजनिक नजिता अनुसार विद्यालयका २ जना विद्यार्थीहरु दर्शन खनाल र अभिषेक खनालले ३.९५ जिपिए प्राप्त गरेका छन् । यस बर्ष कुल १ सय ५ विद्यार्थीले एसईई दिएकोमा अन्य सवै विद्यार्थीहरुको नतिजा उत्कृष्ट भएको विद्यालयले जनाएको छ ।

    त्यस्तै २ जना विद्यार्थीहरुले ३ दशमलव ९ जिपिए ल्याएका छन् । विद्यार्थीहरु माधवी भटट्राई र पुजा बञ्जाडेले ३ दशमलव ९ जिपिए ल्याएको विद्यालयले जनाएको छ ।

    समग्र नतिजाको विश्लेषण गर्दा अक्सफोर्ड नै उत्कृष्ट भएको प्राचार्य दिनेश भुसालले बताउनुभयो । रिजल्ट आएसङ्गै भोलिदेखि भर्ना अभियानमा लाग्ने कुरा बताउदै प्राध्यापक सुमन भुसालले कक्षा ११ मा भर्ना हुनको लागि  विद्यार्थीहरूको चाप बढेको हुदा २र३ दिनमै भर्ना बन्द गर्नुपर्ने अवस्था आउने बताउनुभयो।

    संस्कार सहितको शिक्षाको लागि अक्सफोर्ड एक ब्रान्ड बनेको हुदा समयमै आफना छोराछोरी भर्ना गरि ढुक्क हुन अभिभावकलाई आग्रह समेत गर्नुभयो । अक्सफोर्डमा विज्ञान,ब्यबस्थापन तथा शिक्षाशास्त्र संकायमा विहानी तथा दिवा समयमा पढाइ हुने गर्दछ।

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology