भक्तपुर,असार २१ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परिक्षाफल प्रकाशित गरेको हाे । २०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए।
जसमध्ये २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए । जुन गत वर्षको भन्दा ४।६३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए ।
तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।
नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।
मा एसईईको नतिजा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
एसईईको परीक्षामा लुम्बिनी प्रदेशबाट २ हजार ७९५ जनाले ३.६० देखि ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ६ हजार ८१३ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या १० हजार २०१, २.४ देखि २.८ जीपीए ल्याउनेको संख्या १३ हजार ३३२, २ देखि २.४ जीपीए ल्याउनेको संख्या १७ हजार ९७ जना रहेका छन् ।
सबैभन्दा धेरै १.६ देखि २.० जीपीए ल्याउने विद्यार्थी छन् । उनीहरुको संख्या १८ हजार ९६० रहेको छ । यस्तै १.२० देखि १.६० जीपीए ल्याउने १० हजार ५७३ र ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या ७१९रहेको छ ।
यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईमा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)