Logo बुधवार, श्रावण १३ गते २०८३
images

सानेपामा कांग्रेस जिल्ला सभापतिहरुको बैठक बस्दै

सानेपामा कांग्रेस जिल्ला सभापतिहरुको बैठक बस्दै

  • 1.2K
    SHARES

  • सानेपामा कांग्रेस जिल्ला सभापतिहरुको बैठक बस्दै

    काठमाडौं,असार २१ ।

    नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे बैठक बस्न लागेको हो । पार्टी महामन्त्री गगन थापाले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौं बोलाएका  हुन् ।

    कांग्रेसले बैठकमा आफ्नो जिल्ला अन्तर्गतका प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली र सम्पर्क नम्बरसहित उपस्थित हुन पत्राचार गरिएको छ ।

    यस्तै वडा तहदेखि जिल्ला सम्मेलन भए नभएको विवरण र योजना विषयसहित उपस्थित हुन बनेको छ । जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा सहभागिता जनाउन नसके जुममार्फत अन्तर्क्रियामा सहभागी हुनसक्ने व्यवस्था पनि गरिएको छ ।

    दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुने महामन्त्री गगन थापाले बताए । उनका अनुसार जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको जिल्लागत अवस्था जानकारी गराएपछि तीन वटा एजेण्डामाथि छलफल हुने छ ।

    क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलन र पार्टी संचालन तथा व्यवस्थापन लगायतका अन्य विविध सांगठनिक विषयमाथि छलफल हुने महामन्त्री थापाले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology