Logo बुधवार, श्रावण १३ गते २०८३
images

प्रेस युनियनको दवावपछि विभागले सच्चायो दरबन्दी-श्रमजीवी विवरणबारेको सूचना

प्रेस युनियनको दवावपछि विभागले सच्चायो दरबन्दी-श्रमजीवी विवरणबारेको सूचना

  • 4.7K
    SHARES

  • प्रेस युनियनको दवावपछि विभागले सच्चायो दरबन्दी-श्रमजीवी विवरणबारेको सूचना

    काठमाडौँ,असार २० ।

    सूचना तथा प्रसारण विभागले आर्थिक वर्ष २०८१/०८१ का लागि दरबन्दी तथा श्रमजीवी विवरण पठाउनेसम्बन्धी यसअघि ल्याएको सूचना रद्द् गरेको छ। साना लगानीमा सञ्चालन भइरहेका मिडियालाई मार पर्ने गरी सूचना जारी भएको भन्दै यसलाई सच्याउन नेपाल प्रेस युनियनले सम्बन्धित अधिकारीहरूलाई दबाब दिएपछि  उक्त सूचना खारेज भएको हो।

    विभागले सार्वजनिक गरेको सूचनाको ४ नम्बर बुँदामा यसअघि- ५ जनासम्म दरबन्दी विवरण पेस गर्नेहरूलाई यसअगाडि तलबी विवरण नचाहिने व्यवस्था भए पनि अबदेखि एकपटक मात्र प्रतिबद्धता र दोस्रो पटकदेखि सबैले बैङ्क खातामा न्यूनतम तलब जम्मा गरेको बैङ्क भौचर राख्नुपर्ने भनेको भनेपछि विरोध भएको हो।

    आज बुधबार नेपाल प्रेस युनिनयका अध्यक्ष शिव लम्साल नेतृत्वमा, महासचिव दीलिप पौडेलसहितको टोलीले सूचना विभागका महानिर्देशक तथा प्रेस रजिष्टार शंकर नेपालसँग छलफल गरेको थियो।

    ‘महानिर्देशकसँग युनियनको नेतृत्वले सूचना विभागको सूचनम नै श्रमजीवी पत्रकारहरूविरुद्ध भयो यसलाई सच्याउन पर्‍यो भनेर छलफल गर्‍यो,’ युनियनका उपाध्यक्ष जीवन भण्डारीले भने, ‘यो रद्द गरेर पुरानै (गत वर्षकै)कायम गर्न हामीले दबाब दियौँ। उहाँले त्यसलाई स्वीकार गर्दै अहिलेको सूचना रद्द गर्दै पुरानै कायम रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।’

    सूचना विभागका अनुसार महानिर्देशक नेपालले सम्बन्धित शाखाका उक्त सूचना रद्द गर्न पनि निर्देशन दिइसकेका छन्।

    यस्तो थियो विभागको सूचना :

    suchana.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology