Logo मंगलवार, श्रावण १२ गते २०८३
images

वीपी स्मृति दिवसमा काँग्रेस रुपन्देहीले बृक्षरोपण गर्ने

वीपी स्मृति दिवसमा काँग्रेस रुपन्देहीले बृक्षरोपण गर्ने

  • 1.4K
    SHARES

  • वीपी स्मृति दिवसमा काँग्रेस रुपन्देहीले बृक्षरोपण गर्ने

    बुटवल,असार २० ।

    विपि कोइराला स्मृति दिवसमा नेपाली काँग्रेस रुपन्देहीले बृक्षरोपण गर्ने भएको छ ।

    नेपाली काँग्रेसका संस्थापक नेता, पुर्वप्रधानमन्त्री विपि कोइरालाको स्मृति दिवसमा नेपाली काँग्रेस रुपन्देहीले यहि साउन ६ गते तिलोत्तमा नगरपालिका वडा नं. ११ भुपु सैनिकमा बृक्षरोपण गर्न लागिएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी गराउनुभयो ।

    काँग्रेसका संस्थापक नेता स्व. विपिको स्मृतिमा नेपाली काँग्रेसले प्रत्येक वर्ष बृक्षरोपण गर्दै आएको र यो वर्ष पनि बृक्षरोपणको तयारी गरिएको हो ।

    साउन ६ गते हुने बृक्षरोपण कार्यक्रममा सक्रिय सहभागी हुनको लागि पार्टी तथा भातृ संगठन, शुभेच्छुक संघसंस्था लगायत सबैलाई सभापति खाँणले आग्रह गर्नुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology