Logo बिहिवार, आश्विन १ गते २०८३
images

गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाएर गल्ती गरेँ : पुष्पकमल दाहाल प्रचण्ड

गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाएर गल्ती गरेँ : पुष्पकमल दाहाल प्रचण्ड

  • 1.1K
    SHARES

  • गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाएर गल्ती गरेँ : पुष्पकमल दाहाल प्रचण्ड

    काठमाडाैँ,असार १८ ।

    प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा आफूले प्रस्ताव नगरेर गल्ती गरेको बताएका छन्। सोमबार कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै उनले कोइरालाई राष्ट्रपति नबनाएर आफूले गल्ती गरेको स्वीकार गरेका हुन।

    उनले कोइरालालाई शान्ति र संविधानको नायकको रुपमा भावविहोल भएर बिदाई गरेकोसमेत स्मरण गरे। पहिलो भेटदेखि अन्तिम भेटसम्म कोइरालामा कुनै द्विविधा, आशंका, अस्थिरता नदेखेको प्रचण्डले बताए।

    ‘आज मैले भन्नुपर्छ, बरु मैले गल्ती गरेँ उहाँले गल्ती विल्कुल गर्नुभएन। मैले बरु उहाँसँग पहिलो भेटमा भनेका कुरा र लिएका प्रतिबद्धता सबै पूरा गर्न कतिपय सन्दर्भमा सकिन, तर मैले उहाँको विपरीत निर्णय गर्दा पनि मलाई विश्वास गर्न छाड्नुभएन।

    मलाई कुनै न कुनै रूपमा संरक्षण गर्ने, आफ्नो ऐतिहासिक दायित्वबाट बिल्कुल विचलित हुनुभएन । त्यगणतन्त्रको घोषणा गर्न ल्याइ पुर्‍याउन नेतृत्व गर्ने महानायकको छवि बन्यो गिरीजा कोइरालाको।’प्रचण्डले थपे, ‘गणतन्त्र घोषणा गरेसकेपछि म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै गर्दा मैले उहाँलाई पहिलो राष्ट्रपतिको प्रस्ताव गर्नुपर्थ्यो, मैले गर्न सकिन, मलाई पश्चताप छ।’ 

    प्रचण्डले आफूले विश्वास दिलाएपछि १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र आएको उल्लेख गरे। गिरिजाले शान्ति प्रक्रियामा आउनुपर्‍यो तपाईँहरूको कुरा के छन् त्यसअनुसार सहमति गरौँ भनेको जानकारी गराउँदै प्रचण्डले भने, ‘हामी शान्तिमा आउँछौँ। तपाईँले गणतन्त्र आइदिनुपर्‍यो भन्नुभयो उहाँले, पहिलो भेटमा गणतन्त्रमा आउँछु भन्नुभएन। तर, विश्वास दिलाउनुभएको थियो।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology