Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राजनीतिक भागबण्डाले विश्वविद्यालय कमजोर : कांग्रेस महामन्त्री गगन थापा

राजनीतिक भागबण्डाले विश्वविद्यालय कमजोर : कांग्रेस महामन्त्री गगन थापा

  • 1.2K
    SHARES

  • राजनीतिक भागबण्डाले विश्वविद्यालय कमजोर : कांग्रेस महामन्त्री गगन थापा

    काठमाडाैँ,असार १८ ।

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलका कारण विश्वविद्यालय थला परेको बताएका छन्।

    गिरिजाप्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सोमबार सम्बोधन गर्दै थापाले १०-१२ वर्षदेखि शिक्षाको अवस्था ओरालोतर्फ लागेको बताएका हुन्। उनले राजनीतिक भागबण्डाले विश्वविद्यालय कमजोर बन्दै गएको दाबी गरे।

    उनले विद्यालयलाई उच्च प्राथमिकतामा राखेर संघीय शिक्षा शिक्षा ऐन तत्काल पारित गर्न प्रधानमन्त्री समक्ष आग्रह गरे। उनले  उनले शिक्षालाई व्यवस्थित गर्ने र शिक्षा ऐनको प्रारम्भ समेत नहुँदा नभएकाले विश्वविद्यालयहरु थला परेको उल्लेख गरे। उनले राजनीतिक दलका कारण विश्वविद्यालय धरासायी बनेको बताए। उनले संघीय व्यवस्थामा मुलुक गएपनि शिक्षामा प्राथमिकता पर्न नसकेको उल्लेख गरे।

    थापाले नागरिकहरुसँग गरेका बाचा सरकारले पूरा गर्न नसकेको बताए। उनले भने,‘नागरिकहरुसँग हामीले केहि बाचा गरेका थियौं। तिम्रो जीवनलाई हामी माथि उठाउँछौं, तिम्रो जीवनका अफ्ठ्याराहरुलाई हामी हल गर्छौं, सम्बोधन गर्छौं। तर यो गर्नबाट हामी चुकेका छौं। चुकिरहेका छौं यसलाई हामीले स्वीकार्नुपर्छ।’ 

    उनले नेतृत्वको सुझबुझले नेपाल हिंसाको राजनीतिबाट बाहिर निस्किएको उल्लेख गरे। उनले यस वर्षमा पनि विद्यालय शिक्षामा बजेट कम छुट्याइएको भन्दै असन्तुष्ट व्यक्त गरे। विद्यालयमा आएको संकटलाई अझै सरकारले बुझ्न नसकेको भन्दै थापाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। थापाले प्रचण्डलाई भ्रष्टाचारको विरुद्ध कुनै पार्टी नहेरी अगाडि बढ्न आग्रह गरे।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology